टोकियो ।
केही दिनअघिमात्र सार्वजनिक भएको कोरोना भाइरस कन्ट्याक्ट ट्रेसिङ एप मा प्राविधिक त्रुटी देखिएको छ ।
आइओएस र एन्ड्रोइड डिभाइसका लागि तयार पारिएको यो एपमा केही प्राविधिक गडबडी भेटिएको र सो त्रुटी सुधार गर्ने प्रयास भइरहेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई कम गर्न संक्रमित व्यक्ति नजिक आएमा चेतावनी दिनका लागि सो एपको निर्माण गरिएको थियो ।
निःशुल्क प्रयोग गर्न सकिने यो एप गत शुक्रबार सार्वजनिक भएको थियो । मंगलबार विहानसम्मको तथ्यांकअनुसार यसका प्रयोगकर्ताहरु ३७ लाखभन्दा बढि पुगेका छन् ।
कोरोना भाइरस संक्रमितहरुले सार्वजनिक स्वास्थ्य संस्थानले दिएको व्यक्तिगत नम्बर राखी राखि रजिष्ट्रेशन गर्न मिल्ने भएपनि प्राविधिक त्रुटीका कारण संस्थानले दिएको नम्बरबाहेक पनि रजिष्ट्रर गर्न मिलेको पाइएको थियो ।
मन्त्रालयले भ्रमलाई रोक्न केही समयका लागि व्यक्तिगत नम्बरहरु जारी गर्न बन्द गरेको छ । यसको मतलब केही समयका लागि कन्ट्याक्ट–ट्रेसिङ सुविधा बन्द रहनेछ । अधिकारीहरुले यो समस्या जतिसक्दो छिटो समाधान गर्ने बताएका छन् । Nepali In Japan