काठमान्डौँ
हिमालय एअरलाईन्सको उद्धार उडान मार्फत नेपाल आएर होटलको क्वारेन्टिनमा बसिरहेका व्यक्तिले युएई मै रहेका र नेपाल आउने तयारी गरिरहेका आफ्ना साथीहरुलाई केहि सुझाव दिएका छन् !
कुरा नबुझी र तयारी नगरी काठमाडौँ ओर्लंदा आफुले निकै दु’ख पाएको र खर्च पनि निकै व्य’होर्नु परेको उनले उल्लेख गरेका छन् ! आउनुस उनको भोगाई र सुझाब पढ्नुहोस् अनि सबैको जानकारीको लागि एक शे-यर गरिदिनुस !
सबैलाई नमस्कार, म हिमालयन एयरलाइन्स (Himalayan Airlines) मार्फत सम्युक्त राज्य इमिरेट्स (UAE) को अबुधाबीबाट २१ Jun २०२० मा काठमाडौ आए । UAE देखि हवाई यात्रा गर्न अघि र नेपालमा ओर्लिए पछिका मुलभूत अनुभवहरु सम्बन्धित सबैलाई लाभदायक हुन्छ भनि केही कुरा भन्न लागेको छु ।
१. UAE बाट तत्कालै नेपाल आउन चाहने यात्रुहरुले PCR Test airport जानु अघि नै तयार गर्नुहोला । Airport मा RDT test सेवा मात्र उपलब्ध छ ।
२. तपाईं नेपालको Tribhuwan International Airport मा ओर्लिए पछि PCR Test को प्रमाण भएका यात्रु (तपाईं)लाई मात्र परिवारको रोहबरमा Home Quarantine को लागि सिधै घर पठाइन्छ ।
यात्रुको कोरोना परिक्षण हुँदै
३. यदि तपाईंसङ्ग PCR Test को प्रमाण छैन भने तपाईं कि Hotel मा बस्न पर्छ- जुन महङ्गो पर्न जान्छ, कि त तपाईं Public quarantine (सरकारले तोकेको) मा बस्नु पर्छ, जुन स्वास्थका दृष्टिकोणबाट पूर्ण सु’रक्षित देखिन्न।
४. जबकी अबुधाबी स्थित Nepal Ambassy की रिता धिताल ज्युले PCR Test Airport मै नि:शुल्क हुन्छ भन्ने जानकारी दिनु भएको थियो । तर Airport मा RDT Test सेवा मात्र उपलब्ध छ। र, म अहिले Hotel मा single room को प्रतिदिन रू.४,000/- तिरेर बसेको छु ।
५.यसकारण, म सबै सङ्ग के आग्रह गर्दछु भने; यदि UAE मै भरसक केही समय/दिन खान र बस्नको निम्ति विषम कठिन स्थिती छैन र visa अबधी अलिक धेरै छ भने नेपाल आउन हतार नगर्नु होला । सम्बन्धित निकायको अपरिपक्क र असक्षम व्यबस्थापनको कारण तपाईले यहाँ आइपुगे पछि विभिन्न प्रकारका झन्जट र सास्ती खेप्नु पर्ने हुन्छ । सामाजिक संजाल बाट