टोकियो ।
कोरोना भाइरसको विश्वब्यापी प्रकोपका कारण लगाइएको यात्रा प्रतिबन्ध हटेलगत्तै जापानमा आन्तरिक पर्यटकहरुको संख्या बढेको छ ।
यहाँका जापानको सिटी सेन्टरहरुमा शनिबार र आइतबार धेरै मानिसहरु देखिएको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो तथ्यांक अनुसार शनिबार टोकियोको शिन्जुकु स्टेशनमा दिउँसो ३ बजे तिर अघिल्लो हप्ताको तुलनामा ९ दशमलब ९ प्वाइन्टले यात्रुहरुको बृद्धि भएको देखिएको छ ।
यो तथ्यांक व्यक्तिहरुको मोबाइल लोकेशनका आधारमा लिइएको हो ।यसरी नै सोही समय शिबुयाको डाउनटाउनमा १२ दशमलब ३ प्वाइन्टले, साइतामाको ओमिया स्टेशनमा ९ प्वाइन्टले, खानागावाको योकोहामा स्टेशनमा १२ दशमलब ६ प्वाइन्ट र चिबा प्रिफेक्चरको चिबा स्टेशनमा ११ दशमलब ९ प्वाइन्टले बृद्धि भएको देखिएको छ ।
अन्य प्रमुख शहरहरु जस्तै साप्पोरो स्टेशनमा ६ प्वाइन्ट, नागोया स्टेशनमा ६ दशमलब ५ प्वाइन्ट, ओसाकाको उमेदा स्टेशनमा ९ दशमलब ९ प्वाइन्ट र फुकुओका डाउनटाउनमा ८ दशमलब ४ प्वाइन्टले बृद्धि भएको छ ।
यो तथ्यांकले जापानका बिभिन्न ठाउँहरुमा कोरोना महामारी फैलिनु अघिको तुलनामा अझै २० देखि ३० प्रतिशत मानिसहरु मात्र कम भएको देखाएको छ ।
तर योकोहामा, चिबा र साप्पोरोमा कोरोना महामारी फैलिनु अघिको तुलना ३ देखि ८ प्रतिशत धेरै मानिसहरु बढेको भएको देखाएको छ ।
टोकियोको हानेदा एयरपोर्टको टर्मिनल १ र टर्मिनल २ मा अघिल्लो हप्ताको तुलनामा ३ देखि ८ प्वाइन्ट बृद्धि भएको देखिन्छ ।