२०२१ मा श्रमिकको न्युनतम ज्याला कति होला त ?

कोरिया समाचार

उदय राई/सियोल

२०२१ मा श्रमिकको न्युनतम ज्याला कति होला त ?

कोरिया मा २०२१ का लागि मजदुर को न्युनम ज्याला निर्धारण गर्न बसेको ज्याला निर्धारण समिति को दोस्रो बैठक मा केसिटियुले कोरियामा मजदुर को न्युनतम ज्याला प्रतिघण्टा १०,७७० वन हुनुपर्ने माग राखेको छ ।

ज्याला निर्धारण समिति को अर्को बैठक भोलि २९ तारिख बस्ने भएको छ । ज्याला निर्धारण समिति मा सरकार पक्ष बाट ९ जना रोजगार दाता पक्ष बाट ९ जना र मजदुर पक्ष बाट ९ जना सहभागी रहेका छन ।

सरकार पक्ष र कम्पनी व्यवसायी हरुले कोरोना को असर का कारण ज्याला बढाउन नसकिने भनेको छ भने मजदुर युनियन केसिटियुले कोरोना को महामारी मा सबै भन्दा बेसी मारमा पर्ने न्युनतम ज्याला लिएर जिविकोपार्जन गर्ने मजदुर हुन ।

त्यसकारण धेरै न्युनतम ज्याला निर्धारण गर्नु पर्ने माग गरेको छ ।

सोल – प्योङयाङ विरोधि गतिविधि चर्किएकै कारण उत्तर कोरिया दक्षिण कोरियासँग रुष्ट बन्यो ।

पछिल्ला दिनहरुमा आक्रामक रुपमा प्रस्तुत भइरहेको उत्तर कोरियाले सम्पर्क कार्यालय बन्द गर्ने , सम्पर्क कार्यालय ध्वस्त पार्ने , डिमिलिटराइज क्षेत्रमा सैन्य उपस्थिति बढाउने , सडक सञ्जाल विस्तार गर्ने जस्ता कार्यहरु गर्दै आइरहेको थियो ।

उत्तर कोरियाले दक्षिणले आफू विरुद्ध भइरहेका आन्दोलनलाई निश्तेज नगराए सैन्य कारवाही गर्ने चेतावनि समेत दिएको थियो ।तर पछिल्लो पटक उत्तर कोरियाली तानाशाह किम जोङ उनको अध्यक्षतामा बसेको बैठकले भने तत्काल दक्षिण कोरियालाई सैन्य कारवाही नगर्ने बताएका छन् ।

उनी सैन्य कारवाहीको निर्णयबाट पछि हटेका हुन् । किमको यो कदमलाई दक्षिण कोरिया सरकारले सकारात्मक कदम भनेको छ दक्षिण कोरियाको एकिकरण मन्त्रालयले किमको उक्त कदम सकारात्मक भएको टिप्पणी गरेको हो ।

उत्तर कोरियाबाट यस किसिमको कदम चालिनु अकल्पनीय कार्य भएको बताउदै दक्षिण कोरियाली सरकारी अधिकारीहरुले यसलाई । सकारात्मक रुपमा लिनु पर्ने बताएका हुन् ।

अधिकारीहरुले यो एउटा अवसर समेत भएका कारण दुबै कोरिया मिलेर आपसी समझदारी कायम गर्दै दुबै देशलाई शान्ती र स्थायीत्व कायम गर्दै विकासको साझेदार बन्नु पर्नेमा जोड समेत दिएका छन् ।

किमले सैन्य गतिविधि तत्कालका लागि बन्द गर्ने बताए सँगै उत्तर कोरियाली सैनिकहरुले अफवाह फैलाउन राखेका ठूला ठूला लाउडस्पिकरहरु समेत हटाएका छन् । सिमा क्षेत्रमा परिचालन गरिएका सैनिकहरुलाई समेत फिर्ता लैजाने उत्तर कोरियाले बताएको छ । (

Leave a Reply

Your email address will not be published. Required fields are marked *