गुरुदत्त न्यौपाने /सउल
कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित ६२ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १२,७१५ पुग्यो।
पछिल्लो २४ घन्टा यता मृ’त्यु भएको छैन ।अहिले सम्म कोरोनाको कारण कोरियामा २८२ जनाको मृ’ त्यु !
आज ४७ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या ११,३६४ जना।
दक्षिण कोरियामा कोरोना भाईरस सङ्क्रमण नियन्त्रण उन्मुख रहेको भनियतापनि हरेक दिनजसो सङ्क्रमित फेला परेका छन।आजमात्रै ६२ जना सङ्क्रमित फेला परेका छन।जसमा ४० जना स्वदेशमै सङ्क्रमण भएका हुन भने १३ जना विदेशबाट सङ्क्रमित भएर एयरपोर्टमा टेस्ट गर्ला भेटिएका हुन।
कोरियाले पछिल्लो समय अन्तरास्ट्रिय उडान खोले सङ्गै विदेशबाट कोरिया आउने सङ्क्रमित को सङ्ख्या बढदो क्रममा रहेको छ।आयातित सङ्क्रमित मध्य सबैभन्दा धेरै १६ जना पाकिस्तानी नागरिक रहेका छन भने ७ जना सङ्क्रमित संगै बङगलादेश दोस्रो स्थानमा रहेको छ।आयातित सङ्क्रमण बढेपछी कोरिया सरकारले बंगलादेश र पाकिस्तानका नागरिकलाई कोरिया आउने सबै भिषा रद्द गरेको छ।
रोजगारीको लागी कोरिया आउने अन्य देशहरुका ई-९ भिषा बहाकहरुलाई नि कोरिया सरकारले कडाई गरेको छ।कोरिया प्रवेशको लागी १४ दिन सेल्फ क्वारेन्टाईन स्थल खोजेर एचआरडी मार्फत अनुमती गराई कोरिया प्रवेश गर्न सकिने ब्यबस्था रहेको छ।कोरियामा मापदण्ड अनुरुपको क्वारेन्टाईन स्थल नहुने विदेशी श्रमिकहरु कोरिया प्रवेश गर्न पाउने छैनन।
दक्षिण कोरियाली सरकारका अनुसार अप्रिल महिनामा कोरिया प्रवेश गर्नेको सङ्ख्या दैनिक १०००जना रहेकोमा अहिलेका दिनहरुमा बढेर दैनिक २००० विदेशी नागरिकहरु कोरिया प्रवेश गर्ने गरेका छन।
कोरियाले अहिलेसम्म १२लाख ५१ हजार ६९५ जनाको पिसिआर प्रविधि मार्फत कोरोना टेस्ट गरेको छ।