सियोल
कोरोना संकटका कारण नियमित उडान अबरुद्द हुँदा कोरिया रोजगार तथा अन्य उद्दश्यकालागि जाने र कोरिया बाट फर्किने नेपाली नागरिक धेरैनै पिडित बन्न पुगेका छन।
मार्च २३, २०२० मा कोरियन एयरले काठमाडौँ बाट एकतर्फी मात्र यात्रु उडाउने गरि अन्तिम नियमित उडान गरेको थियो तत्पश्चात १० अप्रिल, ०१ जुन, १६ जुन र २० जुनमा गरि चार वटा चार्टर उडान गरेको छ।
अझै पनि बिदामा नेपाल गएका सयौ नेपाली नागरिक आफ्नो रोजगार गुम्ने ठुलो चिन्तामा हुनुहुन्छ भने त्यसै गरि भिजा अवधि सकिएका र सकिन लागेका ४००० भन्दा धेरै व्यक्ति कसरि सकेसम्म छिटो स्वदेश फर्किन पाइएला भनि दिन गन्दै हुनुहुन्छ।
कैयौं यात्रु भिजा तथा कानुनी समस्या र आफ्नो स्वास्थ्य समस्याले गर्दा यथाशिघ्र नेपाल फर्किनु पर्ने बाध्यतामा हुनुहुन्छ। उल्लेखित बिसयमा यात्रुहरु स्वयंले र एनआरएनए कोरियाले नेपाली राजदुताबास, सउल र नेपाल सरकारलाई औपचारिक, अनौपचारिक सबै तरिकाबाट जानकारी गराउने र समाधानका लागि आ-आफ्नो ठाउं बाट पहलका लागि अनुरोध गरिरहेकाछन।
नेपाल सरकारले कोरियाको लागि चार्टर उडान नेपाल एयरलाइन्स मार्फत होस् भन्ने चाहना राखेपनि कोरियाको उडान अनुमति प्राप्त गर्न आवस्यक प्रयास प्रभाबकारी रुपमा नगरेको बुझिन्छ। अहिले जिन एयरको उडान प्रस्ताब अगाडी बढाउदै गर्दा जिन एयर लाइ उडान अनुमति दिन सकिन्छ तर नेपाल एयरलाइन लाइ पनि कोरियाले अनुमति दिनु पर्छ भन्ने खालको शर्त राखेको भन्ने सुनिन्छ, यो शर्त उपयुक्त शर्त होइन किनकि यो उडान कोरियाको नेपाली समुदाय, दुताबास मिलेर गर्न लागेको हुनाले कोरियन सरकारको कुनै चासो छैन र शर्तको सुनुवाई हुने आधारपनि भएन।
यदि नेपाल एयरलाइनलाइ कोरिया उडाउने हो भने नेपाल एयरलाइन र सरकारले, कोरिया सरकारले तोकेको मापदण्ड पुरागरी छुट्टै प्रक्रिया थालनी गर्नुपर्ने हुन्छ। यसैबीच कोरियन एयरले निक्कै महँगो भाडा दरमा चार्टर उडान गरिरहेको अवस्थामा कोरियामा संचालित केहि ट्राभल एजेन्सीले कोरियन एयरको भन्दा सहुलियत दरमा यात्रुलाई सेवा दिने गरि जिन एयर संग उडान सम्झौता गरेर आफ्नो उडान प्रस्ताब एनआरएनए कोरिया र नेपाली दुताबास, सउलको सिफारिसमा उडान अनुमतिको लागि नेपालको परराष्ट्र मन्त्रालय मार्फत पर्यटन मन्त्रालयमा प्रक्रियामा छ। २१ जुनमा नेपाली राजदुताबास कोरियाबाट पठाइएको प्रस्ताब उपर हाल सम्म निर्णय नआउदा यात्रुहरु अन्योलमा परेका छन।
काठमाडौँ देखि इन्छन उड्ने यात्रुलाई जिन एयरको टिकट $७५० मा उपलब्ध बताइएको छ भने सोहि एकतर्फी टिकट कोरियन एयरले $१२५० मा बिक्रि गरिरहेको छ। यसै गरि जिन एयर बाट इन्छन देखि काठमाडौँ उड्ने यात्रुले $७०० तिर्नु पर्नेछ। नेपाल बाट उड्ने यात्रु माथि यति धेरै भाडा दरको अन्तरलाई सरकारले गम्भीरता पुर्बक लिई सेवा प्रदायकहरु बिचमा प्रतिस्पर्धाको बाताबरण सिर्जना गरि आम नागरिकको पक्षमा सरकारले निर्णय गरोस भन्ने यात्रुहरुको माग छ।
सरकारले कुनै एक जहाज कम्पनीको एकाधिकार कायम हुनेखालको निर्णय नगरी यो संकटको घडीमा आम नागरिकको पक्षमा सुझबुझ पूर्ण कदम चालोस भन्ने आम चाहना हो। सरकारको जिम्मेवारीपूर्ण निर्णय छिटो गरि आएमा अफ्ठेरोमा परेका नेपाली नागरिकलाई राहत हुने थियो।