कोरियामा २०२१ को लागी तलव बृद्दीको बहसमा रोजगारदाता र मजदुर सङ्गठन बिच रस्साकस्सी , २५% बृद्दी गर्नुपर्ने अडान

कोरिया समाचार

सोल

कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्रका कारण व्यापार व्यवसाय नराम्ररी प्रभावित भइरहेका बेला दक्षिण कोरियामा कर्मचारी मजदुरले पाउने न्युनतम पारिश्रमीकको विषय चर्चामा आउन थालेको हो ।

हालै दक्षिण कोरियामा रहेको मजदुर संगठनले सन् २०२१ मा कर्मचारी मजदुरको न्युनतम पारिश्रमीक बढाउन माग गरे पछि उक्त विषय ‘ हटकेक ‘ भएको हो ।

दक्षिण कोरियाली मजदुर संगठनले कर्मचारी मजदुरको तलव भत्तामा न्युनतम २५ प्रतिशत बढाउन गर्न माग गरेको छ । यता व्यापार तथा व्यवसायीहरुले भने कोरोना संक्रमणले व्यवसाय थला परेको कारण जनाउदै न्युनतम पारिश्रमीकमा वृद्धि गर्न नसकिने बताउदै आएको छ ।

हाल दक्षिण कोरियाको न्युनतम आय ७.१७ अमेरिकी डलर अर्थात ८५ ९ ० वन रहेको छ । न्युनतम पारिश्रमिकको चर्चा चुलिदै गए पश्चात श्रम तथा रोजगार मन्त्रालयमा ब्यवसायी , मजदुर तथा सर्वसाधारण प्रतिनिधि सम्मिलित २७ सदसीय प्रतिनिधि मण्डलको वार्ता समेत बसेको थियो ।

सन् २०२० मा २ पटक रोकिएको न्युनतम ज्याला सम्बन्धि वार्ता यस पटक भने अगाडी बढेको छ । वार्तामा मजदुर संगठनहरुका प्रतिनिधिहरुले मजदुरको न्युनतम पारिश्रमिक १०,७७० वन प्रति घण्टा हुनुपर्ने बताएका छन् भने व्यापारीक संगठनका प्रतिनिधिहरुले भने अधिकतम १०,000 वन प्रति घण्टा सम्म दिन सकिने बताएका छन् ।

उनीहरुले १० हजार वन प्रति घण्टा तलव दिन पनि साना कम्पनिहरुलाई फलामका च्युरा चपाए सरह हुने भएका कारण १०,७७० वोन प्रति घण्टा तलव माग अस्वभाविक भएको बताएका छन् । वार्ता पश्चात आ – आफणना धारणा सहितको प्रतिवेदन व्यापारिक संगठन तथा मजदुर संगठनले एक अर्कालाई बुझाएका छन् ।

विस्तृत छलफल पश्चात उक्त विषयलाई टुङ्गामा पुर्याईने बताउदै बैठक सकिएको उनीहरुले बताएका छन् । दुबै तर्फको निर्णयका आधारमा श्रम तथा रोजगार मन्त्रालयले आगामी अगष्ट ५ सम्ममा न्युनतम तलव सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने छन् ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *