दक्षिण कोरियाले उत्तर कोरियाले आफु विरोधी पर्चा उडाउनुको कारण खोज्दै !

कोरिया समाचार

सोल

दक्षिण कोरियाको एकिकरण मन्त्रालयले दक्षिण कोरियामै रही उत्तर विरोधी पर्चा पम्प्लेट तथा पर्चावाजी गर्ने समुहका मानिसहरुको आवाज माथि सुनुवाई गर्ने भएको छ ।

मन्त्रालयले सोमवार उनीहरुलाई अन्तिम मौका दिदै आफ्ना मागहरु स्पष्ट राख्न तथा पर्चा उडाउनुको कारण खुलाउन समेत भनेको छ । मन्त्रालयका अनुसार जायज मुद्दा नल्याएमा सरकारले उनीहरुलाई दिदै आएको सेवा सुविधा समेत कटौति गर्ने भएको छ ।

सरकारको यो निर्णय उत्तर कोरिया विरोधी गतिविधि गरिरहेका उत्तर कोरियाली नागरिकहरुलाई प्रहरी कारवाही गर्ने सम्मको निर्णय आएको केही हप्तामा आएको हो । उत्तर कोरियाबाट देश निकाला गरिएका नागरिकहरुले स्वतन्त्र उत्तर कोरिया तथा स्वतन्त्र क्वेन्सेमको माग राख्दै सिमा क्षेत्रमा तनाव सृजना गरे पछि सरकारले उनीहरुलाई सो अवसर प्रदान गरेको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले २ ९ जुन अर्थात सोमवार आफ्ना औपचारीक धारणा सहित प्रस्तुत हुन उनीहरुलाई भनेको छ । यदि उनीहरुको धारणा चित्त बुझ्दो नभेटिएमा उनीहरुले पाइरहेका विभिन्न अधिकारहरु कटौति गरिने समेत सरकारी अधिकारीले बताएका छन् ।

मन्त्रालयले बताए अनुसार यदि ति समुहका मानिसहरुले आफ्ना गतिविधिहरुको औचित्य प्रष्ट्याउन नसकेमा उनीहरुलाई दिइदै आएको परमिट रद्द गरिने छ । उक्त परमिट रद्द भएमा उनीहरुले प्राप्त गर्दै आएको आर्थिक सहयोग लगायतका अन्य सेवा तथा सुविधा कटौति समेत हुने छ भने ति समुहका मानिसहरु सरकारलाई कर तिर्न समेत अयोग्य रहने छन् ।

दक्षिण कोरियाले ती समुहहरु उत्तर दक्षिण सिमा क्षेत्रमा विवाद निम्त्याउने प्रमुख कारक भएको बताउदै सिमा समस्याको समाधानका लागि उक्त समुहहरुलाई नियन्त्रणमा लिनुको विकल्प नरहेको समेत स्पष्ट पारेको । दक्षिण कोरियाले उनीहरुलाई नियन्त्रणमा लिन नसकेकै कारण उत्तर कोरियाले सन् २०१८ को सैन्य सम्झौता समेत तोड्ने र दक्षिण विरुद्ध सैन्य कारवाही गर्ने चेतावनी दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *