कुलमान घिसिङलाई अमेरिकामा अपार माया

मुख्य समाचार

न्यूयोर्क : नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अमेरिकाबासी नेपालीबाट सम्मान पाएका छन्। नेपालको लोडसेडिङ अन्त्य गरी लोकप्रिय बनेका घिसिङलाई अमेरिकामा रहेका नेपालीहरुले मातृभूमि नेपालको लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेका हुन्।

‘माउण्ट एभरेष्ट वे’ घोषणासभा कार्यक्रममा सहभागी भएका घिसिङलाई नेपालीहरुले लाइन बसेर खादा ओडाई सम्मान गरे। घिसिङलाई नेपालका लागि अमेरिकी राजदूत डाक्टर अर्जुन कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले पनि लाइन बसी सम्मान गरे।

अमेरिकाबासी नेपालीहरुको सम्मान पाएकोमा खुसी व्यक्त गर्दै घिसिङले सम्मानले आगामी दिनमा पनि यसरी नै काम गर्ने प्रेरणा मिलेको प्रतिकृया दिए।

घिसिङ वल्ड बैंकको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका हुन्। घिसिङले ७६५ केभी ट्रान्समिसन लाइन भएको न्यूयोर्कस्थित विद्युत कार्यालयमा पुगेर अध्ययन, अवलोकन गरे। उनले विश्वकै उत्कृष्ट शहर न्यूयोर्कमा २४ सै घण्टा वितरण हुने विद्युतको प्रक्रिया, ६ हजार मेगावाट विद्युत उत्पादन गर्दै आएको न्यूयोर्कको चाप, विभिन्न ठाँउमा उत्पादन हुने विद्युतका बारेमा जानकारी लिए।

अन्नपूर्ण पोष्टसँग कुराकानी गर्दै घिसिङले विश्वकै एक आश्चर्य अमेरिकाको प्रमुख पर्यटकीय क्षेत्र नायग्रा फल्समा पानी खस्नु अगाडी नदीको आधा–आधा पानी अमेरिका र क्यानडाले बाँडेर सुरुङबाटै विद्युत उत्पादन गरेको विषयले आफूलाई निकै आकर्षित गरेको बताए।

नेपालका खोला नालाबाट विद्युत उत्पादन गरी यसलाई प्रमुख आम्दानीको श्रोतका रुपमा विकास गर्न सकिने दाबी गरे।

न्यूयोर्कस्थित विद्युत कार्यालयमा कार्यरत नेपाली मुलका वरिष्ठ इन्जिनियर सुर्य लम्सालले अमेरिकामा उत्पादन हुने विद्युत र विद्युतको खपत र बजार बिस्तारका बारेमा अवगत गराए।
अनौपचारिक भेटघाटका लागि न्यूयोर्क आएका घिसिङलाई यहाँका संघ सस्थाले औपचारिक सम्मान गरे। केही दिनको भेटघाट र घुमफिरपछि उनी नेपाल फकर्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *