अन्याङ नेपाली समाज द. कोरिया द्वारा सहयोग रकम हस्तान्तरण

कोरिया समाचार

कोरिया

उल्सान अन्याङ स्थित फोराङ हस्पिटलमा उपचाररत मोरङ जिल्ला स्थाइ घर भएका सरोज चौधरीलाई अन्याङ नेपाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

अन्याङामा रहेका खेलाडी तथा खेलप्रेमी साथिभाईहरू मिली उपचार खर्च १७ लाख ८९ हजार २ सय ३६ वोन रकम संकलन गरी उक्त सहयोग रकम संस्थाको पद-पदाधिकारीहरूको रोहबरमा जुन २९ गते हस्पिटलमा गएर प्रदान गरेको संस्थाका संस्थापक तथा बर्तमान अध्यक्ष्य गितासिॅंह गुरूड़ले फोनिज कोरियालाई जानाकारी गरेका हुन् ।

सरोज चौधरी कामको शिलशिलामा इपिएस(EPS) मार्फत करिव ४ महिना अघि कोरिया आएका हुन् । काम बाहेक आएको समय देखि नै अन्याङ नेपाली समाज द.कोरियामा आवद्ध भै बिदाको समयमा फुटबल खेल्न थालेको थियो । कामको साथ-साथै स्वस्थ्य र निरोगी रहन बिदाको समय ( weekend )मा खेलमा सहभागी हुने उदेश्यले अन्याङ समाजले नै अन्याङ फुटबल कल्बबाटको स्थापना गरेको हो । यसै क्लब मार्फत चौधरीले पनि खेल्न थालेको हो ।

नियमित फुटबल प्राटिक्सको क्रममा घोडामा चोट लागेको हो । चेक गराउँदा डाक्टरले घोडाको लिगामेन्ट चर्केकोले अप्रेशन गर्नु पर्ने बताएपछी संस्थाको महासचिब यदुनाथ नेपालको संयोजकत्वमा बैठक बसी चौधरीको उपाचारर्थ सहयोग अभियान संचालन जनाएको छ ।

चौधरीले आफु कोरिया प्रवेश गरेको छोटो समयमा अकलपनीय घट्ना भएपनी साथिभाइको साथसपोर्ट, हौसला, माया र संस्थाले आफुप्रती खेलेको अभिभावकिय भुमिकाले आफुलाई सकारात्मक उर्जा दिएकोमा खुसी लागेको र सबै सहयोगी दाजुभाइहरू धन्यवाद दिदैं साथिहरूको सहयोग सदैव सम्झिरहने बताएका थिए ।

सबै सहयोगी साथिहरू कामको शिलशिलामा अन्यांड. वरपर बसोबास गर्ने अन्याड.बासी रहेको र साथी भाइ भनेको पर्दा नै हो भन्ने भनाइलाइ चरितार्थ गरेको प्रती सबैलाई बधाई शुभकामना दिदैं अन्याड. रहेका नेपालीहरू सामाजिक कार्यमा अग्रसर, सहयोगी , एकजुट रहेको र कोरियमा हामी नेपालीहरूमा नेपाली पन, नेपाली मन र नपालीहरू बिच एकता भयो भने नेपालीहरूलाई परेको जस्तोसुकै समस्या सजिलै समाधान गर्न सकिने अध्यक्ष्यले फोनिज कोरियालाई बताउनु भयो ।फोनिज कोरियाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *