सोल
दक्षिण कोरियामा हालै कोरोना संक्रमित महिलाको फोक्सोको जटिल शल्यकृया सफल भएको छ ।
अन्दाजी ५० बर्षिया ति महिलाको फोक्सो प्रत्यारोपणको जटिल शल्यकृया कोरोना संक्रमणकै विचमा सफल गरिएको हो ।
हाल्यम युनिभर्सिटी सेक्रेट हार्ट अस्पतालले जनाए अनुसार ति महिलामा दाताले दिएको फोक्सो सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
नाम गोप्य राखिएकि ती महिला कोरोनाका कारण गम्भिर स्वास्थ्य समस्यामा थिइन् ।गम्भिर स्वास्थ्य समस्याका वावजुत पनि उनको जुन २१ मा सफल शल्यकृया भएको अस्पताल श्रोतले बताएको छ ।
अस्पतालका अनुसार कोरोना संक्रमितको यस प्रकृतिको शल्यकृयाको घटना दक्षिण कोरियामा नै पहिलो तथा विश्वमा नवौँ हो । यसअघि चिन , अमेरिका तथा अष्ट्रियामा समेत कोरोना संक्रमित व्यक्तिहरुका यस प्रकृतिका शल्यकृया भइसकेका छन् ।
फेब्रुअरी २० मा अस्पताल भर्ना भएकि ति महिलामा श्वास प्रसश्वासको गम्भिर समस्या थियो । स्वास्थ्य समस्या अझ गम्भिर बन्दै गए पश्चात उनलाई ईसीएमओ मेसिनमा राखेर ( उपचार गरिदै आएको थियो ।
उनलाई ११२ दिन उक्त मेसिनमा राखेर उपचार गरिएको थियो जुन कोरियामा सबै भन्दा बढी समय उक्त मेसिनमा राखेर गरिएको उपचार हो । अस्पताल श्रोतका अनुसार हाल ती महिलामा कोरोना संक्रमण नरहेको तथा आफैले सास फेर्न सक्ने स्थितिमा पुगेको अस्पताल श्रोतले जनाएको छ ।
पूर्ण रुपमा ठीक हुन केही समय लाग्ने भएता पनि हाल उनको अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जनाएको छ ।हटपाटीबाट