टोकियोमा आज थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जापान समाचार

टोकियो

टोकियोमा आज थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६८६७ पुगेको छ ।

पछिल्लो ५ दिन लगातर टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या १०० बढी रहेको छ ।

टोकियोमा अहिलेसम्म ५६४२ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२५ जनाको मृत्यु भइसकेको छ ।

सोमबार दिउसोसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या १९९२४ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या २०६३६ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६९५९ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ९७७ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ९९० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *