अमेरिकासँग प्रत्यक्ष वार्ता जरुरी छैन-उत्तर कोरिया

कोरिया गतिबिधी

सोल

उत्तर कोरियाले आफूले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न जरुरी नरहेको स्पष्ट पारेको छ ।

शनिवार एक कार्यक्रममा बोल्दै उत्तर कोरियाका कुटनितिज्ञले उक्त कुरा बताएका हुन् । अमेरिकाले उत्तर कोरियासँगको वार्तालाई आफ्नो राजनितिक स्वार्थपूर्तिको माध्यम मात्र बनाएका कारण आफूहरु अमेरिकासँग वार्ताको पक्षमा नरहेको बताएका छन् ।

उत्तर कोरियाका परराष्ट्र राज्यमन्त्री छे सुन हुइले पत्रकारहरुको अमेरिका सँगको शिखर वार्ताको विषयमा राखेको जिज्ञासामा जवाफ दिदै उक्त कुरा बताएकी हुन् ।हालै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले शिखर वार्ताका लागि प्रयत्न गर्ने बताए लगत्तै उत्तरको उक्त प्रतिकृया आएको हो ।

आफ्नो राज्यको नितिमा कुनै परिवर्तन नहुने तथा राज्यका अडान परिवर्तन नगरिने बताउदै चोइले अझै पनि वार्ताले मसस्या समाधमुान गर्छ भनेर सोच्नु दीवास्वप्न मात्र रहेको बताएका छन् ।आफूहरु अमेरिकाबाट पुग्नसक्ने दीर्घकालीन असरको विषयमा जानकार रहेको बताउदै अब कुनै ललिपप देखाएकै आधारमा नफस्ने समेत स्पष्ट पारेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन तर्फ इङ्गित गर्दै केही व्यक्तिहरु अमेरिका तथा उत्तर कोरिया वार्ताका लागि मध्यस्थता गर्छु भन्दै आवाज निकाल्दै छन् , त्यस्ता विवेकहीन व्यक्तिका धारणाहरु प्रति उत्तर कोरियाले चासो नदिने समेत स्पष्ट पारेका छन् ।

उत्तर कोरियाले परमाणु हतियार त्यागेमा आर्थिक साहायता दिने सम्मका लालच देखाउन उद्दत रहेको बताउदै यस विषयमा उत्तर कोरियाको अडान स्पष्ट रहेको समेत बताएका छन् । आफूलाई दुस्मन जस्तो व्यवाहार जारी राखेका बेला वार्ताको सपना देख्नु सपना मात्रै हुने पनि छेले स्पष्ट पारिन ।HOTPATI

Leave a Reply

Your email address will not be published. Required fields are marked *