दक्षिण कोरियामा झुन्डिएर एक युवाले गरे आ’त्मह’त्या !

कोरिया समाचार

सियोल

रोजगारीको शिलशिलामा दक्षिण कोरियामा कार्यरत एक यूवाले झुन्डिएर आत्मह’त्या गरेका छन।

अर्घाखाँची जिल्ला भुमिकास्थान १० धनचौर स्थायी घर भई हाल दक्षिण कोरियाको फारानमा कार्यरत २३ बर्षिय युवाले आत्मह’त्या गरेका हुन।

बिक्रम पान्डेय नाम गरेका उनी ईपिएस मार्फत करिब ३ बर्ष अगाडी कोरिया आएको बुझिएको छ।

उनले आफ्नै कम्पनिको छतमा झुन्डिएर आत्मह’त्या गरेको बताईएको छ।मृ’तक को शव पोस्टमार्टमको लागी अस्पताल लगिएको जनाईएको छ।

यो पनि पढनुहोस

सोल- दक्षिण कोरियामा हालै कोरोना संक्रमित महिलाको फोक्सोको जटिल शल्यकृया सफल भएको छ ।

अन्दाजी ५० बर्षिया ति महिलाको फोक्सो प्रत्यारोपणको जटिल शल्यकृया कोरोना संक्रमणकै विचमा सफल गरिएको हो ।

हाल्यम युनिभर्सिटी सेक्रेट हार्ट अस्पतालले जनाए अनुसार ति महिलामा दाताले दिएको फोक्सो सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।

नाम गोप्य राखिएकि ती महिला कोरोनाका कारण गम्भिर स्वास्थ्य समस्यामा थिइन् ।गम्भिर स्वास्थ्य समस्याका वावजुत पनि उनको जुन २१ मा सफल शल्यकृया भएको अस्पताल श्रोतले बताएको छ ।

अस्पतालका अनुसार कोरोना संक्रमितको यस प्रकृतिको शल्यकृयाको घटना दक्षिण कोरियामा नै पहिलो तथा विश्वमा नवौँ हो । यसअघि चिन , अमेरिका तथा अष्ट्रियामा समेत कोरोना संक्रमित व्यक्तिहरुका यस प्रकृतिका शल्यकृया भइसकेका छन् ।

फेब्रुअरी २० मा अस्पताल भर्ना भएकि ति महिलामा श्वास प्रसश्वासको गम्भिर समस्या थियो । स्वास्थ्य समस्या अझ गम्भिर बन्दै गए पश्चात उनलाई ईसीएमओ मेसिनमा राखेर ( उपचार गरिदै आएको थियो ।

उनलाई ११२ दिन उक्त मेसिनमा राखेर उपचार गरिएको थियो जुन कोरियामा सबै भन्दा बढी समय उक्त मेसिनमा राखेर गरिएको उपचार हो । अस्पताल श्रोतका अनुसार हाल ती महिलामा कोरोना संक्रमण नरहेको तथा आफैले सास फेर्न सक्ने स्थितिमा पुगेको अस्पताल श्रोतले जनाएको छ ।

पूर्ण रुपमा ठीक हुन केही समय लाग्ने भएता पनि हाल उनको अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.