विहिवार वेपत्ता भएका दक्षिण कोरियाको राजधानी सोलका मेयर मृ’त फेला

कोरिया समाचार

सोल

दक्षिण कोरियाको राजधानी सोलका मेयर शुक्रवार मृ’त फेला परेका छन् ।

प्रहरीका अनुसार यदि उनको मृ’त्यु आत्मह’त्याका कारण भएको भएमा देशकै उच्च पदस्त व्यक्तित्वको आत्मह’त्या हुने छ । यस अघि विरलै मात्र यसयता घटना घटेका छन् ।

६४ बर्षिय मेयर पार्कको मृ’त शरिर हराएको केही घण्टा पश्चात माउन्ट बुकाकमा भेटिएको थियो । मेयर पार्कको मृ’त्युको कारण हालसम्म पत्ता नलागेको दक्षिण कोरियाली प्रहरीले जनाएको छ ।

प्रहरीमा पार्ककी छोरीले बिहिवार बेलुका करिव ५:१७ मा आफ्ना बुबा हराएको जानकारी दिए लगत्तै कोरियाली प्रहरीले ७७० जना प्रहरी अधिकारी , दमकल , एम्बुलेन्स लगायतका श्रोत परिचालन गरेर उनको खोजी गरेको थियो ।

प्रहरीले उनको मोवाइलको सिग्नल देखिएका क्षेत्रहरु गिलसाङ्सा , सोङबुक लगायतका क्षेत्रमा व्यापक खोजी गरेको थियो । पार्कको फोन स्वीच अफ गरिएको अवस्थामा उनी सँगै रहेको पनि प्रहरीले जनाएको छ ।

यस अघि मेयर पार्कले बिहिवारको बैठकमा आफू अश्वस्थताका कारण उपस्थित हुन नसक्ने जानकारी कार्यालयका अधिकारीलाई दिए पश्चात उनका बिहिवारका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको थियो ।

बुधवार मात्र ‘ ग्रीन न्यु डिल ‘ नामक युवा रोजगार तथा वातावरण संरक्षण कार्यक्रममा सहभागी रहेका मेयरले विहिवार भने अस्वस्थ रहेको जानकारी गराएका थिए । स्थानीय सञ्चार माध्यमहरुले भने पार्कमाथि यौ’न दुराचारको अभियोग लागेको बताएका छन् तर यसको स्वतन्त्र पुष्टी भने हुन सकेको छैन ।

सन् २०११ बाट राजधानी सोलको मेयर रहेका पार्कको यो अन्तिम कार्यकाल रहेको थियो । दक्षिण कोरियाका मानव अधिकारवादी संस्थाहरुले पार्क मानव अधिकारवादी व्यक्ति भएको बताएका छन् । उनलाई सन् २०२२ को राष्ट्रपतीय चुनावका आशलाग्दा उम्मेद्वारका रुपमा समेत हेरिने गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *