/गुरुदत्त न्यौपाने /सियोल
कोरोनाको उच्च जोखिमयुक्त देशबाट कोरिया प्रवेश गर्ने सबै विदेशी नागरिकले अबदेखी कोरोना भाईरस नेगेटिभ भएको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने भएको छ।
दक्षिण कोरियाको सङ्क्रामक रोग नियन्त्रण महाशाखाका अनुसार आउदो सोमबार देखी लागु हुनेगरी यो नियम ल्याईएको हो।
कोरिया सरकारले आन्तरिक रुपमा तयार गरेको कोरोना उच्च जोखिमयुक्त देश हरुबाट आउने सबै विदेशी नागरिकले कोरिया प्रवेश गर्नु ४८ घन्टा अगावै गरिएको पोलिमर चेन रियाक्सन (पिसिआर ) प्रविधि मार्फत टेस्ट गरिएको कोरोना नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने भएको हो।
सोमबार देखी लागु हुने उक्त नियममा काजकिस्तान,पाकिस्तान र बंगलादेश प्रभावित हुने आँकलन गरिएको छ यधपि कोरोना सङ्क्रमण धेरै हुने मुलुकलाई जुनसुकै बेला यो नियम लागु गर्न सकिने जनाएसंगै नेपाल समेत संभावित खतराको सुचीमा पर्न सक्ने संभावना बढेको छ।
पिसिआर नेगेटिभ सर्टिफिकेट संगै उक्त व्याक्ती १४ दिन तोकिएको क्वारेन्टाईन स्थलमा अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने र कोरिया आएको तिन दिन भित्रमा पिसिआर टेस्ट गर्नुपर्ने भएको हो।
कोरोनाको उच्च जोखिम सुचीमा कुनकुन देश परेका छन?भनेर कोरिया हेराल्डका पत्रकार ले स्वास्थ्य अधिकारी युन ते हो लाई सोधेको प्रश्नमा उनले यो सुची कुटनैतिक दृस्टिकोणका कारण बाहिर सार्वजनिक गर्न नसकिने बताए।
उक्त सुची विश्वका सबै देशको कोरोना सङ्क्रमितको सङ्ख्या हेरेर प्रत्येक हप्ता परिवर्तन हुने हुँदा यो सुची गोप्य राखिएको उनले बताए।जो व्याक्ती कोरोना नेगेटिभ सर्टिफिकेट बिना कोरिया आउछ उसलाई एयरपोर्ट बाटै स्वदेश फिर्ता गरिने उनले बताए।
कोरियामा पछिल्लो समय विदेशबाट आएका व्याक्तीहरुमा कोरोना सङ्क्रमण दर ब्यापक बढेसङ्गै कोरियाले यस्तो नियम ल्याएको हो।आयातित सङ्क्रमण दर घटाउन तथा अनावश्यक विदेशी नागरिक भित्रिन नदिनको लागी यस्तो नियम ल्याईएको युन ते हो ले बताए।
गत २ हप्ताभित्र देखिएका ७३६ सङ्क्रमित मध्य जम्मा सङ्क्रमितको ३८.२ प्रतिशत आयातित सङ्क्रमण फेला परेको थियो।जसमा सबैभन्दा धेरै काजाकिस्थान,पाकिस्तान र बंगलादेशका नागरिक रहेका छन।