सोल
दक्षिण कोरियाली सरकारले दक्षिण कोरिया भ्रमण गर्न चाहाने स्वदेशी तथा विदेशी नागरिकहरुका लागि नयाँ नियम ल्याएको छ ।
नियम अनुसार अब कोरोना संक्रमित देशहरुबाट कोरिया प्रवेश गर्दा उडानको समय तालिकाको ४८ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर रिपोर्ट अनिवार्य पेश गर्नु पर्ने छ ।
सरकारले शुक्रवार उक्त नियम सार्वजनिक गरेको हो । दक्षिण कोरिया सरकारको पछिल्लो निर्देशनबाट बंगलादेश , कजाकिस्तान , पाकिस्तान लगायतका देशहरु बढी प्रभावित हुने छन् ।
कोरियाले प्रभावित देशहरुको सुची उसको सिमा प्रवेशमा पाइएका संक्रमितहरुको आधारमा तयार गरेको समाचारमा जनाइएको छ ।
सरकारले बढी जोखिम युक्त अन्य देशहरुको पुरा सुची भने सार्वजनिक गरेको छैन सरकारी अधिकारीहरुका अनुसार बढी प्रभावित देशका आफ्ना राजदुतावासहरुमा सरकारले सुचना पठाइसकेको र उनीहरुले सोही सुचना अनुरुप भिसा उपलब्ध गराउने छन् ।
आफ्नो देशका राजदुतावासहरुले कोरोना परिक्षण गर्ने आधिकारीक क्लिनिक निर्धारण गरि परिक्षयण पश्चात मात्र प्रवेश अनुमति दिने समाचारमा जनाइएको छ । सरकारको पछिल्लो निर्णयबाट कोरियाका कृषकहरु बढी प्रभावित हुने देखिएको छ ।
कोरियामा अदक्ष जनशक्तिका रुपमा विदेशी कामदारहरुलाई कृषि क्षेत्रमा ल्याइने गरिएको र उनिहरु मुख्यतया दक्षिण पुर्वी एसियाका नागरिकहरु रहेका छन् । ती देशका नागरिकहरु कोरोना बढी प्रभावित क्षेत्रवाट आउने भएकाले समस्या उत्पन्न हुन सक्ने देखिएको हो ।