फ़ुकुओका
लगातारको भीषण वर्षापश्चात आएको बाढी, पहिरो र डुबानमा परि जापानको क्यूशु क्षेत्र सहित जापानभर कम्तिमा ७० जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा अधिकाश कुमामोतो प्रिफेक्चरका बासिन्दा रहेका छन । सो क्षेत्रका दर्जनौ स्थानहरु जलमग्न बनेको छ ।
अझै एक जना अचेत रहेको र उनको कृतिम स्वास दिएर उपचारको प्रयास भईरहेको एनएचके टेलिभिजनले समाचार प्रशारण गरेको छ ।
सोमबार बिहान १० बजेसम्मको तथ्यांकमा १३ जना अझै हराईरहेको बताइएको छ । घाइतेहरुको उपचार भइरहेको र हराइरहेकाहरुको खोजी कार्य जारी राखिएको बताइएको छ ।
जापानको आगजनी तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार आइतबार बेलुका सम्मको तथ्यांक अनुसार केही दिनदेखि परेको भारी बर्षाका कारण १२ हजार ६ सय ६० घरहरुमा क्षति भएको हो ।
कुमामोतो प्रिफेक्चरको ४ हजार ५ सय ८० घरहरु सहित जापानभर ६ हजार ३ सय ६० घरहरुमा पानीको सतह भुइँतला भन्दा माथि आएको पाइएको छ ।