कोरिया सरकारले १९ लाख रोजगारी सिर्जना गर्ने !

कोरिया समाचार

सोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले आगामी ५ बर्ष भित्र १ ९ लाख जनालाई रोजगारी उपलब्ध गराउने महत्वकांक्षि परियोजना ‘ कोरियन न्यु डील ‘ सार्वजनिक गरेका छन् ।

१३२.६७ विलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज मार्फत उक्त रोजगारी सृजना गरिने उनले बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण त्रस्त बनेको अर्थतन्त्र उकास्न एसियाकै चौथो ठूलो अर्थतन्त्र बोकेको मुलुकको महत्वपुर्ण जिम्मेवारी हुने बताउदै राष्ट्रपति मुनले विश्वव्यापी रुपमा रोजगारी सृजना गर्न यो प्रोजेक्ट अत्यन्तै फलदायी हुने समेत बताएका छन् ।

राष्ट्रपति निवासमा अर्थतन्त्रका विज्ञहरुसँगको छलफलका क्रममा उनले यो ईतिहासलाई परिवर्तन गर्ने समय भएका कारण परिवर्तनको नेतृत्व लिन कत्ति पनि ढिला गर्न नहुने बताएका हुन् । प्रविधि तथा वातावरणलाई एकसाथ लैजान ‘ डिजिटल न्यु डिल ‘ तथा ‘ ग्रीन न्यु डिल ‘ गरि दुइ तरिकाबाट अगाडी बढ्न समेत मुनले भनेका छन् ।

कुल बजेट मध्ये करिव ५८ ट्रिलियन वोन रकम डिजिटल न्यु डिल अन्तरगत खर्च गरिने तथा बाँकीलाई ग्रीन डिल अन्तरगत खर्च गरिने छ । ( छुट्याइएको करिव १६० ट्रिलियन वोन बजेट मध्ये ११४ ट्रिलियन वोन केन्द्र सरकारले व्यवस्थापन गर्ने छ भने बाँकी स्थानीय सरकारले व्यवस्था गर्ने छ ।हटपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *