दक्षिण कोरियामा रहेका अमेरिकी सैनिक घटाईने !

कोरिया समाचार

सोल

हाल दक्षिण कोरियामा खटाइएका अमेरिकी सैनिकको संख्या घटाउन पेन्टागनले ह्वाइट हाउस समक्ष केही विकल्प सार्वजनिक गरेको छ ।

अमेरिकी अखवार ‘ द वाल स्ट्रिट जर्नल’ले जनाए अनुसार पेन्टागनले अमेरिकी फौजको संख्या कम गर्न गएको मार्च महिनामा नै ह्वाइट हाउसलाई विकल्प दिएको थियो ।

पेन्टागनले उत्तर – दक्षिण कोरिया विच भइरहेका घटना तथा अन्य विश्वभरका घटनालाई मुल्याङ्कन गर्दै कोरिया , मध्य पूर्व तथा अफ्रिकामा तैनाथ सेनाको संख्या घटाउन भनेको थियो ।

हाल दक्षिण कोरियामा २८,५०० जना अमेरिकी सैनिक कार्यरत छन् । उनीहरुको संख्या गत डिसेम्बरबाट नै घटाउन प्रस्ताव गरिएको थियो । पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ आफ्ना सैनिकको संख्या कटौति गर्ने योजना अगाडी ल्याएका थिए ।

पछिल्ला दिनहरुमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरुको बारेमा पनि पुनरावलोकन गरिनु पर्ने आवाज अमेरिकी अधिकारीहरुबाट उठीरहेको छ ।

सन् २०१ ९ मा दक्षिण कोरियाले अमेरिकी फौजलाई ८७० मिलियन अमेरिकी डलर भुक्तान गरेको थियो भने यस बर्षका लागि अमेरिकाले – १.३ विलियन अमेरिकी डलर माग गरेको छ ।

ढीला गरि दक्षिण कोरियाले अमेरिकाको उक्त प्रस्तावमा सहमति समेत जनाएको समाचारमा जनाइएको छ । यो खर्च गत वर्षको भन्दा १३ प्रतिशतले बढी हो ।यो खबर आजको हटपाटीमा प्रकाशित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *