पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग

प्रवासी

धनगढी

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको छ ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको हो ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूर पश्चिम समाज दक्षिण कोरियाका तर्फबाट कोरियामा संकलित १० लाख रुपैयाको चेक समाजका कोषाध्यक्ष डिल्लीराज पनेरुले ह्युमानिटी फाउण्डेसनका उपाध्यक्ष पुष्कर ओझालाई हस्तान्तरण गरे ।उपाध्यक्ष ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज कोरियाबाट भएको सहयोग र सहकार्यको उच्च प्रशंसा गरे ।

उनले पीसीआर स्थापनाका लागि मात्र नभएर सुदूर पश्चिममा विपत्ति र समस्यामा सुदूर पश्चिम समाज दक्षिण कोरियाले गरेको सहयोग अत्यन्त प्रशंसनीय भएको बताए ।कार्यक्रममा बोल्दै समाजका कोषाध्यक्ष पनेरुले ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले समाजले सुदूर पश्चिम विपत्ति तथा समस्यामा राहत तथा सहयोग प्रदान गर्नुका साथै आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुलाई समेत सहयोग गरेको जानकारी दिए ।कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले डडेल्धुरामा पीसीआर स्थापनाको अभियानमा सहयोग गर्ने सबै संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिए ।

जनस्तरबाट थालिएको अभियान यति चाडो सम्पन्न गरी जनतालाई सेवा दिन सफल भएकोमा संघका सचिव पनेरुले ह्युमानिटी फाउण्डेसन नेपाल, सुदूर पश्चिम समाज अमेरिका लगायत देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।कार्यक्रममा फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको बासिन्दाको कोरोना परीक्षण सहज भएको बताए ।

उनले पीसीआर मेसिन स्थापनाका लागि देश विदेशबाट सहयोग गर्ने बिभिन्न व्यक्ति,व्यवसायी, संघसंस्था, विश्वका बिभिन्न मुुलुकमा रहेका सुदूर पश्चिमेली अगुवाहरु, सुदूर पश्चिम समाजलाई धन्यवाद दिए ।समाजका अध्यक्ष बीर बहादुर पालको अध्यक्षमा बसेको बैठकले पीसीआर मेसिन स्थापनाका लागि डा. अग्नीराज कोईरालाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो ।

सोही समितिले १० लाख रुपैया संकलन गरेको थियो । आर्थिक सहयोग संकलनमा सुप समाज कोरियाका सचीव वीर भण्डारी , प्राविधिक सहयोग सचिव योगेस बोहरा र प्रवक्ता योगराज जोशीले गरेका थिए ।
यो रकम सुदूर पश्चिम समाज दक्षिण कोरिया पूर्व प्रतिबद्धता अनुसार आज हस्तान्तरण गरेको हो ।ह्युमानिटी फाउण्डेस र सुदूर पश्चिमको अगुवाईमा डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापना भईसकेको छ । फाउण्डेसनले पीसीआर मेसिनका लागि आर्थिक संकलन अभियान पीसीआर मेसिन स्थापनापछि बन्द गरिसकेको छ ।

यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउनेक्रम जारी रहेको फाण्डेसनले जनाएको छ । सुदूर पश्चिम समाज दक्षिण कोरिया लगायत विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिम समाज, सुदूर पश्चिमेली अगुवाहरुको सहयोग र सहभागितामा जनस्तरबाट संकलित रकमबाट डडेल्धुरामा पीसीआर मेसिन स्थापना गरिएको हो । नेपालमा जनस्तरबाट पीसीआर स्थापना गरिएको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *