गुरुदत्त न्यौपाने /सियोल
अविरल बर्षा संगै तेज हुरी बतासको कारण दक्षिण कोरिया प्रभावित बनेको छ।
अत्यधिक बर्षा भएपछी दक्षिण कोरियाको बुसानमा बाढी आएको छ।बाढीको कारण ३ जनाको मृ’त्यु भएको छ भने एक जना बेपत्ता छन।
केन्द्रिय बिपत ब्यबस्थापन कार्यालयका अनुसार कोरियाको दक्षिणी भाग बुसान सहरमा अत्यधिक बर्षा भएको कारण बाढी आएपछी सडकमा गुडेका गाडीहरु डुवेका थिय।मृ’त्यु हुने ३ जनालाई पानीमा तैरिएको अवस्थामा उनिहरुकै कार भित्रबाट मृ’त अबस्थामा फेला पारिएको थियो।
बुसान सहरको उत्तरपुर्वी क्षेत्र उल्सान सहरमा परेको भारी बर्षाको कारण एकजना लाई बाढीले बगाएपछी बेपत्ता भएका छन।
देशैभरी बुधवार देखी शुक्रबार सम्म लगातार परेको भारी बर्षाको कारण १९५ जनालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा लगिएको छ भने ५१ जना बाढीमा फसेका लाई शकुसल उद्दार गरिएको छ।
दक्षिण कोरियाको दोस्रो ठुलो सहर बुसानमा प्रतिघन्टा ८० मिलिमिटर पानी परेसंगै त्यहाँको अन्डरग्राउन्डमा ठुलो परिणामामा पानी पसेको थियो।
रास्ट्रिय मौषम विज्ञान विभागका अनुसार यसपालीको बर्षा सन १९२० पछाडीकै सबैभन्दा ठुलो बर्षा मध्य दशौँ ठुलो हो।
बुसानका बिभिन्न ठाउँहरुमा भारी बर्षा परेसंगै अन्डरग्राउन्ड तथा सडकमा गुडेका गाडीहरु डुबेका थिय।