सोल
दक्षिण कोरियामा खटाइएका अमेरिकी सैनिकहरुको संख्या कटौति सम्बन्धी विषयमा अमेरिकी सिनेटमा भएको छलफलले तत्काल उक्त संख्या नघटाउने निर्णय गरेको छ ।
सिनेटमा उक्त विषयमा भएको मतदानमा जम्मा १०० सांसद मध्ये घटाउन हुन्न भन्ने तिर ८६ मत परेको थियो भने घटाउन हुन्छ भन्ने तर्फ १४ मत परेको थियो ।
हालै मात्र दक्षिण कोरियामा खटाइएका अमेरिकी फौजको संख्या तथा खर्च कटौति गरिनु पर्ने प्रस्ताव त्यहाँको संसदमा पेश गरिएको थियो । संसदको उक्त निर्णय सँगै आगामि ९ ० दिन सम्म दक्षिण कोरियामा रहेका २८५०० सैनिक संख्यामा कुनै कटौति गरिने छैन भने बजेटमा कटौति पनि गरिने छैन ।
हाल सम्म पनि दक्षिण कोरियालाई उत्तर कोरियाबाट सुरक्षा चुनौति व्याप्त नै रहेको बताउदै सिनेटले उक्त निर्णय गरेको हो । अवस्थामा सुधार आए तथा दक्षिण कोरिया आफै सुदृढ बन्दै गए उक्त संख्या कटौति बारे पुन छलफल गर्न सकिने अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ ।
अमेरिकी सुरक्षा फौजको संख्या कटौति गरिनु अगाडी जापान तथा दक्षिण कोरियामा रहेका सुरक्षा नियकाका अधिकारिहरु सँग पनि छलफल गरिनु पर्ने परिषदले जनाएको छ ।
गत हप्ता मात्र अमेरिकी सञ्चार माध्यम द वाल स्ट्रिट जर्नलमा दक्षिण कोरियामा सैन्य संख्या कटौतिका उपाय बारे समाचार प्रकासित गरिएको थियो ।
उक्त समाचारमा दक्षिण कोरियामा कार्यरत २८५०० सैनिक संख्यालाई कटौति गरेर २२००० मा झार्ने प्रस्ताव गरिएको थियो ।