सोल
दक्षिण कोरियाबाट लुकिछिपि सिमा पार गरेका कोरोना भाइरसका संभावित संक्रमित बारे उत्तरबाट आएको समाचारमा सत्यता रहेको दक्षिण कोरियाली सैन्य अधिकारीहरुले बताएका छन् ।
सैन्य अधिकारीका अनुसार कसैले निशेधित क्षेत्र पार गरेको छ । उत्तर कोरियाले भने जस्तो उत्तर कोरियाली नागरिक नै उक्त सिमा पार गरेर गए नगएको अनुसन्धान पश्चात थाहा हुने भएता पनि केही मानिसहरुले उक्त सिमा क्षेत्र भने पार गरेको सैनिक अधिकारीहरुले बताएका छन् ।
अन्य जानकारी भने सुरक्षा उपकरणहरुको अनुसन्धान पश्चात मात्र थाहा हुने उनीहरुले बताएका छन् । उत्तर कोरियाले किम थर भएका आफ्ना एक नागरिक सन् २०१७ मा दक्षिण कोरिया गएको तथा उनले पैदलै उत्तर दक्षिण सिमा क्षेत्र पार गरि स्वदेश फर्किएको बताएको छ ।
ति नागरिकमा कोरोना संक्रमण समेत पाइएको बताउदै उत्तर कोरियाले उच्च सावधानी अपनाउने निर्णय समेत गरिसकेको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएका अनुसार सोही नाम भएका एक उत्तर कोरियाली नागरिकलाई दक्षिण कोरियामा बलात’त्कारको मुद्दा लागेको छ ।
हाल उत्तर कोरिया भागेर पुगेका ति नै हुन् या हैनन भन्ने बारे भने पुष्टी भएको छैन ।