श्रमीक अभाव, महामारीबीच रोबोटको सहायता खोज्दै जापानी स्टोर

जापान समाचार

टोकियो

जापानी स्टोरहरुले रोबोटको प्रयोग बढाएका छन् । श्रमीकको अभाव र कोरोना भाइरसको महामारीबीच ग्राहक सेवामा मद्दत गर्न र स्टोरका तखताहरुमा सामान तह लगाएर राख्न रोबोटोको प्रयोग बढेको हो । त्यस्तैगरी, रेस्टुरेन्टहरुले पनि रोबोटको प्रयोग बढाएका छन् ।

रेस्टुरेन्ट र खुद्रा पसलहरुले पूर्ण रुपमा रोबोटको प्रयोग गर्ने हो कि भन्नेबारे पनि धेरैको ध्यान तानिएको छ । रोबोट प्रयोगले कोरोना भाइरसको संक्रमण रोकथाममा मद्दत मिल्ने अपेक्षा गरिएको छ ।

जुलाई २१ मा मोस फूड सर्भिसेज इंकले टोकियोको शिनागावा वडामा रहेको मोस बर्गर्ज ओसाकी स्टोरको रजिष्टरमा ग्राहकको सेवामा रोबोट सार्वजनिक गरेको थियो । ‘ओरिहिमे’ नामक यो रोबोटको उचाई २३ सेमी छ । यो स्टार्ट–अप कम्पनीले बनाएको हो । रोबोटलाई ल्यापटप लगायत उपकरणहरु प्रयोग गरेर कर्मचारीले टाढै बसेर नियन्त्रण गर्छन् ।

ओरिहिमेमा जडान गरिएको क्यामराको माध्यमबाट ग्राहकहरुलाई देख्न सकिन्छ । माइक्रोफोन र स्पीकरको माध्यमबाट कर्मचारीहरुले ग्राहकहरुसँग कुराकानी गर्न सक्नेछन् । अर्डर ल्यापटपमा टाइप गरेपछि यसलाई भान्सामा काम गर्ने कामदारकहाँ पठाइने छ र ग्राहकहरुले आफूले तिर्नु पर्ने रकम पनि रजिष्टरमा तिर्न सक्नेछन् ।

ओसाकी स्टोरमा रोबोटको एक महिने परीक्षण जुलाई २७ देखि शुरु हुँदैछ । सन् २०१९ देखि नै मोस फूड सर्भिसेजले केही आउटलेटमा स्वचालित रजिष्टर प्रयोग गर्दै आएको छ । कोरोना भाइरसको महामारीबीच प्रत्यक्ष सम्पर्क गर्नु नपर्ने सेवाहरु दिन चाहेको मोस फूड सर्भिसेजका कार्यकारी अधिकृत यासुयाकी कानेदाले भने । कम्पनीले अन्य स्टोरहरुमा पनि रोबोट जडान गर्ने र टेबलमा खाना पुर्याउन तथा ड्राइभ थु्र सेवाहरुमा पनि रोबोट प्रयोग गर्नेबारे विचार गरिरहेको उनले बताए ।

फ्यामिली मार्ट कम्पनी र लसन इंक जस्ता कन्भिनियन्स स्टोरहरुले पनि रोबोटको प्रयोग गर्ने लक्ष्य राखेका छन् । स्टोरहरुले जुलाईको अन्त्य र सेप्टेम्बरको मध्यमा आ–आफ्ना स्टोरमा रोबोटको परीक्षण प्रयोग गर्ने भएका छन् । शुरुमा तखतामा पेय पदार्थ मात्रै राख्नका लागि रोबोटको प्रयोग गरिने भएपनि पछि भने अन्य सबै खालका सामाग्री तह लगाउने सबै काम रोबोटलाई दिइने योजना रहेको छ । फाइड चिकन र अन्य खानेकुरा बनाउन र प्रदर्शनमा राख्ने लगायत काममा पनि भविष्यमा रोबोटको प्रयोग गर्ने स्टोरहरुको योजना छ ।

स्टोरभित्र ग्राहकहरु पनि यताउता हिडिरहने भएकोले यस्तो अवस्थामा रोबोटले स्टोरका कामहरु राम्ररी कसरी गर्छन् भन्नेमा चाँहि अनेक प्राविधिक कठिनाइहरु रहेको बताइएको छ । समानहरु तिनीहरुको प्रयोग योग्य मितिका आधारमा राख्नु पर्छ । यी सबै कामहरु रोबोटले कसरी सही तरिकाले गर्छन् भन्ने कुरा दुबै स्टोरले सावधानीपूर्वक निगरानी गरिरहेका छन् ।

यिनीहरुके कार्यकुशलता र श्रम लागतमा हुने कटौतीको जाँच गरेपछि अधिकांश स्टोरमा रोबोट प्रयोग गरिने फ्यामिली मार्टका प्रतिनिधीहरुले बताएका छन् ।सन् २०२२ सम्ममा २० ओटासम्म स्टोरमा रोबोट जडान गर्ने कम्पनीको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *