दक्षिण कोरियाका ठुला कम्पनीहरुले एघार हजार भन्दा बढी आफ्ना कर्मचारी कटौती गरे !

कोरिया समाचार

सोल

दक्षिण कोरियाका करिव ५०० ठूला कम्पनिहरुले कोरोना संक्रमण अवधिमा ११००० बढी रोजगार कटौति गरेका छन् ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमण फैलिने क्रम नरोकिए पश्चात ति कम्पनिहरुले रोजगार कटौति गरेका हुन् ।

स्थानीय कर्पोरेट ट्राकर सिइओस्कोरले गरेको एक सर्भे अनुसार उक्त संख्यामा कटौति पाइएको हो ।सर्भे अनुसार जुन महिना सम्ममा देशका प्रतिष्ठीत ५०० बढी उद्योगहरु पेनसन कार्यक्रममा सहभागी रहेका छन् ।

उक्त पेनसन कार्यक्रममा ति उद्योगका करिव १६ लाख ५० हजार जना कर्मचारी सहभागी छन् । उक्त संख्या गत फेब्रुअरीको भन्दा ११,८८० ले कमी हो । केही नयाँ कर्मचारी उक्त पेनसन कार्यक्रममा सहभागी गराइए पनि उक्त कार्यक्रमबाट हटाइनेहरुको संख्या बढी रहेको छ ।

कोरोना संक्रमणका कारण उत्पादन तथा विक्री वितरणमा समस्या आएका कारण कर्मचारी कटौति गरिएको हुन सक्ने अध्ययनले देखाएको छ । हाल प्रतिष्ठीत ५०० मध्ये २०० कम्पनिहरुले कर्मचारी संख्या बृद्धि गरेका भएता पनि अन्य कम्पनिहरुले भने कर्मचारी कटौति गरिरहेका छन् ।

यसले कोरियाली रोजगार बजारमा समेत नकारात्मक असर पार्ने रोजगार विज्ञहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *