हिजोको कोरियन एयरमा कोरिया आएका एक नेपालीमा कोरोना सङ्क्रमण फेला !

कोरिया समाचार
गुरुदत्त न्यौपाने /सियोल

हिजो जुलाई ३० तारिख त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट ईन्छन अन्तरास्ट्रिय विमानस्थल उडेको चार्टर्ड विमानमा आएका एक नेपालीमा कोरोना सङ्क्रमण फेला परेको छ।

एचआरडी कोरियाले जारी गरेको सुचना अनुसार जुलाई ३० तारिखको काठमान्डौँ ईन्छन सिधा उडान गरेको KE9696 फ्लाईट नम्बर को कोरियन एयर मार्फत उडान भरेका एक यूवकमा सङ्क्रमण फेला परेको जनाईएको छ।

सङ्क्रमण फेला परेका यूवक ईपिएस भिषा बहाक ( E9 ) रहेका छन।उनको परिचय गोप्य राखिएको छ।

यससंगै उक्त उडान मार्फत आएका २०० जना भन्दा बढी व्याक्तिहरुलाई विशेष निगरानीमा उच्च शतर्कताका साथ नेभिगेसन ट्र्याक गरिएको एचआरडीले जनाएको छ।

एचआरडी को सुचना अनुसार उक्त उडानमा आएका सबैले क्वारेन्टाईन नियम कडाईका साथ पालना गर्न आग्रह गरिएको छ।क्वारेन्टाईन अबधीभर साथीहरु भेटने,बाहिर जथाभावी निस्कने गरेमा स्वदेश फिर्ता गरिने जनाएको छ।

३८ डिग्री भन्दा बढी ज्वरो आएमा वा कोरोना सम्बन्धी लक्षण देखिएमा १३३९ मा कल गरी जानाकारी गराउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *