काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश सिंह दोस्रोपटक वैवाहिक जीवनमा बाँधिनु भएको छ । सांसद सिंह त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग बंगलामुखी मन्दिरमा विवाहबन्धनमा बाँधिनु भएको हो ।
सर्लाही घर भएका सिंहले कञ्चनपुरकी जोशीसँग लगनगाँठो कस्नु भएको हो । सिंहकाे २०६४ सालमा भएकाे पहिलो विवाह २०६७ सालमा विच्छेद भएको थियो।
सर्लाही क्षेत्र नम्बर ४ बाट सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकाे थियाे । उहाँले प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राशेक कुमार मिश्रलाई पराजित गर्नु भएकाे थियाे ।