अष्ट्रेलियाबाट आयात हुँदै आएका मासु तथा अण्डामा कोरियाले प्रतिबन्ध लगायो !

कोरिया समाचार

सोल

दक्षिण कोरियाको कृषि मन्त्रालयले अष्ट्रेलियाबाट आयात हुँदै आएका मासु तथा अण्डामा प्रतिवनध लगाएको छ ।

हाल अष्ट्रेलियामा पशुमा लाग्ने महामारी ‘ एभियन इन्फ्लुएञ्जा ( एआई ) को संक्रमण पाइएका कारण उक्त निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

कृषि , खाद्य तथा ग्रामिण मन्त्रालयले जर्मनिमा H – 7N – 7 भाइरस पाइए पश्चात जर्मनिबाट ल्याइने गरिएका कुखुरा तथा अण्डा आयातमा प्रतिवन्ध लगाउने तयारि भइरहेको पनि जनाएको छ ।

पछिल्लो समयमा उक्त भाइरस जर्मनिबाट अष्ट्रेलिया ल्याइएका कुखुराहरुमा पाइए पश्चात दक्षिण कोरियाले उक्त निर्णय लिएको हो ।

मन्त्रालयले सर्वसाधारणलाई उक्त स्थानबाट ल्याइने मासुजन्य पदार्थका बारेमा बुझेर मात्र प्रयोग गर्न अपिल समेत गरेको छ ।

उक्त भाइरस अत्यन्तै संक्रमण जन्य भएका कारण ज्यान समेत जान सक्ने बताउदै प्रयोगमा संवेदनशील हुन आग्रह गरेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *