कोरोना लागेको दाजुलाई बहिनीले राखी बाध्न नपाएपछी (भिडियो सहित )

बिबिध

गुरुदत्त न्यौपाने/सियोल

एस. एल. एन्ड एन मोडेल एजेन्सी र गान्धिभ फिल्म्स प्रोडक्सन द्वारा पहिलो पटक कोभिड १९ लाई समेटेर नयाँ सर्ट मुभि रिलिज गरिएको छ।

विश्व नै कोरोना महामारीले अस्तव्यस्त भईरहेको बेला स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यक्षेत्रका व्याक्तीहरुको योगदानको उच्च प्रशशा र विशेषगरी नेपाली समाजका नारीहरुले निर्वाह गरिएको भुमिकालाइ सम्मान गर्दै हिन्दुहरुको महान पर्व रक्षाबन्धनको अवशर पारेर (कोभिड१९ रक्षाबन्धन ) भन्ने सर्ट मुभी गान्धिभ सुवेदी नामक यूट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

भिडियोमा अहिले कोरोना महामारीको कारण विदेशबाट फर्केर आईसोलेसन तथा क्वारेन्टाईनमा बस्ने दाजुलाई आफ्नी बहिनीले प्रत्यक्ष राखि बाध्न नपाउनुको पिडा समेत प्रस्तुत गरिएको छ।साथै फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्य अधिकारीहरुको योगदान समेत भिडियोमा प्रस्टसङ्ग प्रस्तुत छ।

जसमा मुख्य भुमिका एस एल एन्ड मोडेल एजेन्सीका निर्देसक नितिन कर्ण कायस्थ त्यसैगरी कलाकार नुर भन्डारी ,लामो समय कोरियामा बसी कलाकारीतालाई योगदान दिएर नेपाल फर्केका मोडेल तथा कलाकार गान्दिभ सुबेदी , नायिका मुस्कान अर्याल मोडेल कृस्टिना श्रेष्ठको भुमिका साथै सहयोगी कलाकार दिपक बुढामगरले आफ्नो अभिनय गरेका छन।

उक्त फिल्मका प्रोड्युसर नुर भन्डारीका अनुसार अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै समसामयिक सचेतनामुलक सन्देश दिनका लागि यो भिडियो बनाइएको बताउनुभयो।

मोडल तथा कलाकार गान्धिभ सुवेदीले यस्तै समाजमा घटेका घटना तथा समसामयिक बिषयमा आउदा दिनहरुमा निरन्तर सचेतनामुलक भिडियोहरु पस्किदै जाने बताउनुभयो।उहाँका अनुसार सर्टमुभी आफ्नो पहिलो प्रयास भएकोले गल्ती कमिकमजोरीलाई ओौल्याईदिन आग्रह गर्नुभयो।

”उक्त फिलिमको छायांकन बुद्ध इन्टरनेसनल मेडिकल सेन्टर प्रा. लि. मा केशव पान्डेयको साथै निर्देशन नितिन ज्यूको रहेको छ ।

पुरा भिडियो हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *