एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

प्रविधि

काठमाडौं

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो ।

सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना पेटेन्ट चोरी भएको हुँदा १० अर्ब युआन क्षतिपूर्ति पाउनुपर्ने र एप्पलका त्यस्ता प्रडक्टहरुको उत्पादन, प्रयोग, बिक्री वितरण, आयात तथा बजारीकरणमा रोक लगाउनुपर्नेसमेत माग गरेको छ ।

आफूले सन् २००४ मा निवेदन दिएर सन् २००९ मा दर्ता गराएको भ्वाइस रिकग्निसन प्रविधिलाई एप्पलले आफ्नो सिरी प्रविधिमा नक्कल गरेर पेटेन्ट अधिकार उल्लंंघन गरेको जिकिर सिआओको छ ।

अदालतमा आफूविरुद्ध चिनियाँ कम्पनीले दायर गरेको उक्त मुद्दाका विषयमा एप्पलले चाहिँ अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

स्मरण रहोस् पछिल्लो प्रकरण यी दुई कम्पनीबीच पछिल्लो एक दशकदेखि चलिरहेको पेटेन्ट विवादको निरन्तरता हो ।

यसअघि शांघाई झिझेनले एप्पलविरुद्ध चिनियाँ अदालतमा मुद्दा हालेको थियो । जसमा चिनियाँ सर्वोच्च अदालतले शांघाई कम्पनीको पेटेन्ट अधिकार आधिकारिक रहेको फैसला गरेको थियो ।

–एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *