दक्षिण कोरियामा भिषण बाढी पहिरो,१७ जनाको ज्यान गयो,कैयौँ बेपत्ता,सरकार द्वारा प्रभावित क्षेत्रमा उच्च शतर्कता !

कोरिया समाचार

सोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दक्षिण कोरियामा लगातारको बर्षाका कारण आएको बाढीबाट अति प्रभावित क्षेत्रहरुलाई बाढी प्रभावित क्षेत्र घोषणा गरेका छन् ।

बाढीबाट अति प्रभावित क्षेत्रहरुको पुनर्निर्माण तथा राज्यको सहयोग सहज रुपले उपलब्ध गराउन ति क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति मुनले छङ्जु प्रान्तको आनिसियोङ ,खाङवन प्रान्तको चेवरोन , उत्तरी छुङ्छन प्रान्तका चुजु , जेछन् तथा इम्सियोङ तथा दक्षिणी छुङ्छन प्रान्तका छनान तथा आसानलाई विशेष बाढी प्रभावित क्षेत्र घोषणा गरेका हुन् ।

ति क्षेत्रहरु बाढी पहिरोबाट अति प्रभावित बनेको राष्ट्रपति कार्यालयले जनाएको छ । अप्रत्यासित रुपमा आएको बाढीका कारण हाल सम्म १७ जनाले ज्यान गुमाइसकेका छन् भने ६२०० घर तथा भवनहरु भत्किएका छन् ।

बाढीका कारण हाल सम्म २५०० जनाले घरबार गुमाएका छन् भने १० जना बेपत्ता रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । अति प्रभावित क्षेत्रहरुको पुन संरचनाका लागि सरकारले ७०-८० प्रतिशत सम्म सहयोग गर्ने छ ।

अति प्रभावित क्षेत्रहरुको बारेमा थप जानकारी लिन सरकारी विज्ञहरुको टोली बाढी प्रभावित स्थल गएर स्थलगत रिपोर्टिङ गरिरहेको कार्यालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *