सोल
दक्षिण कोरियाली तथा अमेरिकी सैनिकहरुले गृष्मकालिन सैन्य अभ्यास आगामी हप्ताबाट सुरु गर्ने भएका छन् ।
कोरोना संक्रमणका कारण लामो समयबाट स्थगित उक्त नियमित सैन्य अभ्यास स्वास्थ्य सुरक्षाको पर्याप्त व्यवस्था गरि सञ्चालन गरिने अधिकारीले बताएका छन् ।
‘ कम्प्युटर स्टिमुलेटेड कमाण्ड पोष्ट एक्सरसाइज ‘ ( सिपिएक्स ) तालिम आगामि अगष्ट १६ बाट २८ सम्म सञ्चालन गरिने अधिकारीले बताएका छन् । हालै उनीहरुले ४ दिने विपद व्यवस्थापन सम्बन्धि संयुक्त सैन्य अभ्यास समेत सम्पन्न गरिसकेका छन् ।
कोरोना संक्रमण त्रासका कारण कहाँ गर्ने भन्ने बारे अझै यकिन नभइ सकेता पनि सहभागी सैनिकहरुको संख्यामा भने व्यापक कटौति गरिने छ ।
अमेरिकाबाट आउनु पर्ने सैनिकहरु कोरोना संक्रमणका कारण चाहिने संख्यामा आउन नसक्ने भएका कारण थोरै संख्यामा मात्र सहभागि हुने दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
दुइ देशको संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको प्रमुख चासोको विषय बन्ने गरेको बताउदै मन्त्रालयका एक अधिकारीले उसफाई सचेत बनाउन ‘ फूल अपरेशन कन्ट्रोल ‘ तालिम समेत उक्त सैन्य अभ्यासका क्रममा सञचालन गरिने छ ।हटपाटीबाट