सोल
दक्षिण कोरियाले राजधानी सोल आसपासमा ४००० टन न्युक्लियर क्षमताको लामो दुरीसम्म मार हान्ने तथा प्रतिरक्षा गर्न सक्ने पन्डुवी जहाज निर्माण गर्ने भएको छ ।
उत्तर कोरियाबाट हुनसक्ने सम्भावित आक्रामणबाट सुरक्षित रहन दक्षिण कोरियाले उक्त पन्डुवी जहाज निर्माण गर्न लागेको हो । दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उक्त जहाज निर्माणका लागि करिव ३००.७ ट्रिलियन वोन रकम खर्च हुने छ ।
सन् २०२४ सम्ममा निर्माण सम्पन्न हुने उक्त पन्डुवी जहाज निर्माण मा ६० ट्रिलियन सम्म थप खर्च हुन सक्ने मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार उक्त पन्डुवी जहाजले ब्यालेस्टिक मिसाइल बोक्ने छ भने न्युक्लियर रियाक्टर प्रविधि समेत समावेश गरिने छ जसले आणविक हतियार नष्ट गर्न सक्ने क्षमता राख्दछ ।
यसका लागि दक्षिण कोरियाले अमेरिका सँगको सम्झौता नविकरण गर्नु पर्छ । हालको सम्झौता अनुसार दक्षिण कोरियाले सैन्य प्रयोजनका लागि आणविश शक्तिको प्रयोग गर्न पाउदैन ।
उत्तर कोरियाले दक्षिण कोरियाको सिमा क्षेत्रमा १००० बढी लामो दुरीमा मार हान्न सक्ने हतियार राखेपछि दक्षिण कोरियाले उक्त तयारी थालेको हो ।
दक्षिण कोरियाले सन् २०३० सम्ममा सम्पन्न हुने गरि ३००० टन क्षमताको ‘ लाइट एयरक्राफ्ट क्यारियर ‘ समेत निर्माण गरिने मन्त्रालयले जनाएको छ ।हटपाटीबाट