इन्डोनेसियामा कोरोनाविरुद्धको चिनियाँ खोपको तेस्रो चरणको परीक्षण शुरु

अन्तराष्ट्रिय खबर

काठमान्डौँ

चीनको सिनोभ्याक बायोटेक लिमिटेडले इन्डोनेसियामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो वा अन्तिम चरणको परीक्षण शुरु गरेको छ ।

सिनोभ्याकले इन्डोनेसियाको पीर बायो फर्मासँग मिलेर यो खोप बनाएको हो । मंगलबार शुरु भएको यो चरणको परीक्षण एक हजार ६२० संक्रमितमा गरिएको हो ।

सोमबार सिनोभ्याकले दोस्रो चरणको नतिजा पनि सार्वजनिक गरेको छ । दोस्रो चरणमा यो खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित पनि देखिएको छ ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणको क्रममा अन्तिम चरणको परीक्षणमा पुगेका केही कम्पनीमध्ये सिनोभ्याक पनि एक हो । यसअघि नै यो कम्पनीले ब्राजिलमा आफ्नो तेस्रो चरणको कोरोना भाइरसविरुद्धको परीक्षण शुरु गरिसकेको छ ।

साथै सिनोभ्याकले बंगलादेशमा पनि आफ्नो खोपको परीक्षण गर्ने तयारी गरिरहेको छ ।इन्डोनेसियामा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख २७ हजार नाघिसकेको छ । चीनमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या निकै कम रहेकाले चिनियाँ कम्पनीले अन्य मुलुकमा खोप परीक्षण गरिरहेको छ ।

स्रोत : रोयटर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *