उत्तर कोरिया लाई संयुक्त रास्ट्रसंघ ले सघाउने !

कोरिया गतिबिधी

सोल

उत्तर कोरियामा बाढी प्रकोपको प्रभाव बढेको जानकारि त्यहाँ स्थित संयुक्त राष्ट्रसंघका अधिकारीले दिए पश्चात संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।

यस बर्ष उत्तर कोरियामा अत्याधिक बर्षा भएको तथा बर्षाका कारण बाढीको प्रकोप अच्याधिक भएका कारण हाल उत्तर कोरियामा संकट आएको बताउदै संयुक्त राष्ट्रसंघका प्रतिनिधि स्टेफ़न डुजारिकले उत्तर कोरियालाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले संयुक्त राष्ट्रसंघका अधिकारीहरु सहयोगका लागि तयार रहेको र उत्तर कोरियाले अनुरोध गरे लगत्तै तथा सहयोग आवश्यकता महसुस हुने बित्तिकै सहयोग गर्न आफूहरु तयार रहेको बताएका छन् ।

पछिल्ला दिनहरुमा भइरहेको उच्च बर्षा र त्यसले ल्याएको बाढीका कारण धेरै मानिस घरबार बिहिन भएको तथा धानखेती लगाइएको उब्जाउ युक्त जमिन समेत बगाएका कारण हाल उत्तर कोरियामा संकट उत्पन्न भएको राष्ट्रसंघिय अधिकारीको ठहर छ ।

यता दक्षिण कोरियाली एकिकरण मन्त्रालयले पनि उत्तर कोरियाले सन् २००७ को भन्दा ठूलो र भारी बर्षाको सामना गरिरहेको बताएको छ । सन् २००७ को बर्षाले उत्तर कोरियामा ठूलो जनधनको क्षति गराएको थियो ।

मन्त्रालयले राजनितिक र सैन्य सम्बन्ध भन्दा माथि उठेर उत्तरको यो मुस्किल घडीमा सहयोग गर्न तयार रहेको समेत जनाएको छ । कति र कस्तो सहयोग भन्ने बारे भने मन्त्रालयले उत्तरबाट क्षतिको विवरण आएपछि मात्र बोल्न सकिने बताएको छ ।

Leave a Reply

Your email address will not be published.