दक्षिण कोरियामा कोरोना सङ्क्रमण फेरी बढदै ,आजमात्रै ५६ जना नयाँ सङ्क्रमित थपिय !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सियोल

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढ्न थालेका छन् ।

पछिल्लो समयमा यहाँका सङ्क्रमितहरु बढ्न थालेको देखिएको बताइएको छ । यहाँका सरकारी अधिकारीहरुले सोलमा पछिल्लो महिना संङ्क्रमित हुनेहरुको संख्या बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारमा पछिल्लो २४ घण्टामा यहाँ थप ५६ जनामा कोरोना भेटिएको बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरुको संख्या १४ हजार ७७० जना पुगेको बताइएको छ ।

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा थपिएका ५६ जना सङ्क्रमितमध्ये ९ जना त विदेशबाट आएका नागरिक हुन् भने स्वदेशमा सङ्क्रमित भएका ४७ जना भेटिएका छन।

पछिल्लो दुई दिनमा एक व्यक्तिको मृत्यु भएपछि सङ्क्रमणबाट ज्यान जानेको संख्या ३०५ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।

फेला परेका सङ्क्रमित मध्ये ४७ जना स्वदेशमै सङ्क्रमण भएका हुन भने विदेशबाट सङ्क्रमित भएर आउनेको सङ्ख्या ९ जना रहेको छ।अहिलेसम्म विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या २६०० पुगेको छ।

यहाँ निकै थोरै संख्यामा मात्र सङ्क्रमितहरु रहेका थिए र यहाँको मृत्यु दर पनि २.०६ प्रतिशत मात्र रहेको थियो । यहाँका १३ हजार ८१७ नागरिक निको भएर घर फर्किएका छन् ।यहाँका अधिकारीहरुले दक्षिण कोरियामा निको हुने व्यक्तिको संख्या ९१ प्रतिशत भन्दा बढी भएको बताएका छन् ।

दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको छ । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको भए पनि उनीहरु विदेशबाट आएका बढी रहेको बताइएको छ ।

दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो । त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १६ लाख ५४ हजार ८९८ व्यक्तिको परीक्षण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *