सौल
दक्षिण कोरियाको राजधानी सोलमा कोरोना भाइरसको महामारी पछि नयाँ बस स्टप बनाइएको छ ।
जसमा तापमान नाप्ने ढोका र अल्ट्रावायलेट डिसइन्फेक्सन सहितको व्यवस्था गरिएको छ । यसलाई कोरोना रोक्ने बस स्टप भनिएको छ ।
बस स्टपभित्र जानुभन्दा पहिला यात्रुलाई अटोमेटिक थर्मल इमेजिंग क्यामराको माध्यमबाट तापमान चेक गरिन्छ ।
यदि कसैको तापक्रम ३७.५ डिग्री सेल्सियस भन्दा बढी छ भने ढोका नै नखुल्ने व्यवस्था गरिएको छ ।यस किसिमको एक बस स्टप बनाउन करिब ८४ हजार डलर खर्च लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यो बस स्टपलाई पहिलो पटक प्रयोग गरेका ४९ बर्षिय किम जु लीले बिबिसीसँग कुरा गर्दै यो बस स्टप आफुलाई निकै सुरक्षित लागेको बताएका छन् ।
उनले यस भित्र बस्ने सबैको तापमान चेक गरिएको र सबैले सुरक्षित महसुस गर्न सक्ने बताए ।