सोल
दक्षिण कोरियामा कार्यरत डक्टरहरुले एक दिने हड्ताल आयोजना गरेका छन् ।
सरकारको नयाँ मेडिकल सम्बन्धि निर्णयको विरुद्धमा उनीहरुले आज हड्ताल गरेका हुन् । सरकारले मेडिकल विषयमा कोटा प्रणाली लागु गर्ने निर्णय गरे लगत्तै उनीहरु आन्दोलित भएका हुन ।
कोरिया मेडिकल एसोसिएसन ( केएमए ) का अनुसार उनीहरुको देशव्यापी हड्तालमा ससाना क्लिनिकमा कार्यरत तथा इन्टर्नसिप गरिरहेका डक्टरहरु सहभागी छन् ।
आइसियु तथा अन्य आकस्मिक सेवाका डक्टरहरु भने काममा नै रहेको पनि केएमएले जनाएको छ । स्वास्थ्य अधिकारीहरुले भने डक्टरहरुको हड्तालले ठूलो असर नगरेको बताएका छन् ।
उनीहरुका अनुसार बैकल्पिक डक्टरहरुको प्रयोग गरि उनीहरुको रिक्तता पुर्ति गरिएको जनाएका छन् । बैकल्पिक डक्टरहरुको प्रयोग गरेरै भए पनि सेवामा अबरुद्धता हुन नदिने अस्पताल सञचालकहरुले बताएका छन् ।
आन्दोलनका कारण देशभरका ३८,८३६ वटा क्लिनिक मध्ये ८,३६५ बटा अर्थात २४.७ प्रतिशत पुर्ण रुपमा बन्द गर्ने भएको सरकारी अधिकारीले जनाएका छन् ।
यद्यपि आन्दोलनका क्रममा कतिवटा क्लिनिकहरु बन्द गरिए भन्ने बारे यकिन जानकारी भने नआइसकेको सरकारी अधिकारीले जनाएका छन् ।