सियोल
दक्षिण कोरियामा सरकार विरुद्ध भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका छन् ।
स्वास्थ्य अधिकारीको चेतावनीपछि पनि राजधानी सोलमा भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका हुन् ।
यहाँ आजमात्रै २ सय ७९जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियाे । गएको पाँच महिनामा एकैदिन कोरोना सङ्क्रमित धेरै थपिएकाे यो पहिलोपटक भएको बीबीसीले जनाएको छ ।
सोल सहर प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लघंन हुने भन्दै प्रदर्शनको लागि अनुमति दिएको थिएन ।
राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा प्रदर्शन भएको खबरमा उल्लेख छ ।
योपनि पढनुहोस।
दक्षिण कोरियामा विगत ५ महिना यताकै बढी सङ्क्रमण,उच्च शतर्कता अपनाउन आग्रह !
सोल – दक्षिण कोरियामा आज आईतबार विगत ५ महिना यताकै बढी संक्रमित फेला परेका छन् ।
सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।
आज आईतबार दक्षिण कोरियामा २७९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये २६७ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १५,३१८ पुगेको छ । संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।
उक्त व्यवस्था अनुसार ५० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १०० भन्दा बढी भेला हुन पाउने छैनन् ।
हाल राजधानी सोल सहित छङ्जु , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार शुक्रवार पाइएका संक्रमितहरु मध्ये धेरैजस चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ ।
आजसम्म दक्षिण कोरियामा कोरोनाकै कारणले ज्यान गुमाउनेको सङ्ख्या ३०५ पुगेको छ।आज ९ जना सङ्क्रमण मुक्त भएसंगै कोरोना मुक्त हुनेको सङ्ख्या १३,९१० पुगेको छ।
दक्षिण कोरियामा बिगत ३/४ दिन यता कोरोना सङ्क्रमण ह्वात्तै बढन थालेसंगै दक्षिण कोरिया सरकारले दोस्रो चरणको सामुहिक सङ्क्रमण लाई मध्यनजर गरेर पुन नयाँ सुरक्षात्मक निर्देशिका जारी गरेको छ।
हालसम्म कोरियामा करिब १७ लाख हाराहारी को पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ।