गुरुदत्त न्यौपाने /सोल
कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित १९७ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १५,५१५ पुग्यो।
पछिल्लो २४ घन्टा यता १ जनाको पनि मृत्यु भएको छैन।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०५ जनाको मृ’ त्यु !
आज ७ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १३,९१७ जना।
दक्षिण कोरियामा आज १९७ जना कोरोना संक्रमित फेला परेका छन् ।सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।
आज दक्षिण कोरियामा १९७ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये १८८ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १५,५१५ पुगेको छ । विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या ९ रहेको छ।संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।
उक्त व्यवस्था अनुसार ५० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १०० भन्दा बढी भेला हुन पाउने छैनन् ।
हाल राजधानी सोल सहित छङ्जु , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार शुक्रवार पाइएका संक्रमितहरु मध्ये धेरैजस चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ ।
आजसम्म दक्षिण कोरियामा कोरोनाकै कारणले ज्यान गुमाउनेको सङ्ख्या ३०५ पुगेको छ।आज ७ जना सङ्क्रमण मुक्त भएसंगै कोरोना मुक्त हुनेको सङ्ख्या १३,९१७ पुगेको छ।
दक्षिण कोरियामा बिगत ३/४ दिन यता कोरोना सङ्क्रमण ह्वात्तै बढन थालेसंगै दक्षिण कोरिया सरकारले दोस्रो चरणको सामुहिक सङ्क्रमण लाई मध्यनजर गरेर पुन नयाँ सुरक्षात्मक निर्देशिका जारी गरेको छ।
हालसम्म कोरियामा करिब १७ लाख हाराहारी को पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ।