दक्षिण कोरियाली राष्ट्रपति मुनद्वारा चर्च अधिकारीलाई मुद्दा लगाउने चेतावनी

कोरिया समाचार

सोल

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले केही चर्चका पाष्टरहरु विरुद्ध संक्रमण ऐन अन्तरगत मुद्दा लगाउने चेतावनी दिएका छन् ।

कोरोना संक्रमण त्रास कायमै रहेका बेला ठूलो संख्यामा हुलहुज्जत भेला गरि र्यालीको आयोजना गरिएपछि आक्रोशीत राष्ट्रपति मुनले ति आयोजकहरु विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।

पाष्टर जङ क्वान हुको नेतृत्वमा सरकार विरुद्ध करिव १०,००० मानिस भेला गरि आन्दोलन गर्ने तयारि रहेको थियो । उनीहरु राजधानी सोल वरपर जम्मा हुन खोजेपनि सोल नगर सरकारले उनीहरुको उक्त सरकार विरोधी आन्दोलन प्रयास असफल भएको थियो ।

सोलको सारााङ जिल चर्चका पाष्टर जङ लगायतको उक्त आन्दोलन प्रयास असफल भए लगत्तै उनीहरु अर्को कार्यक्रममा गएका थिए ।

सिङ्गो देश हाल कोरोना कहरबाट गुज्रीरहेको बेला यस किसिमको निच तथा विवेकहीन कार्य गरिनु राज्य विरुद्धको अपराध मात्र नभएर सरकारको मशिनौं लामो कोरोना विरुद्धको लडाईमा अंकुश लगाउनु समेत भएको बताउदै मुनले आफ्नो फेसबुक मार्फत उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।

साराङ छेईल चर्चका मात्र देशब्यापी १९३ जना संक्रमितहरु फेला परिसकेका छन् । यता कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार आज मात्र दक्षिण कोरियामा १९७ जनामा कोरोना संक्रमण पाइएको छ ।

एका तर्फ कोरोना कहर अर्का तिर बाढीको वित्तण्डा दुबै परिस्थितिको गाम्भिर्यतालाई लत्याउदै गरिएका त्यस्ता प्रदर्शनले आम जनतामा नकारात्मकता सृजना गर्ने बताउदै मुनले ति आन्दोलनका अगुवा विरुद्ध कडा कानुनी कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *