स्लो स्मार्टफोनलाई यसरी बनाउने फास्ट

मुख्य समाचार

पुरानो भएपछि स्मार्टफोनको स्पिड कम हुँदै जान्छ । पटक–पटक ह्याङ हुन थाल्छ । यी उपाय अपनाएर फोनको स्पिड बढाउन सकिन्छ ।

–कोही मानिस मोबाइलको होम स्क्रिनमा धेरै एप्स राख्छन् । यस कारण पनि फोन स्लो हुन सक्छ । त्यसैले आवश्यक एप्स मात्र फोनका होम स्क्रिममा राख्नुपर्छ । अनवाश्यक एप्स हटाइदिनुपर्छ ।

–फोनमा रहेको गुगल क्रोममा डाटा सेभर मोड अन गर्नुपर्छ । यसो गर्दा कुनै साइट खोल्दा त्यस पेजमा रहेका भिडियो र फोटोको गुणस्तर केही कम हुन्छ । जसले गर्दा ठूला पेज पनि सजिलै लोड हुन्छन् र फोनले तीव्र गतिले काम गर्छ ।

–आजभोलि अधिकांश स्मार्टफोनको अटो सिंक अन रहन्छ । जसले गर्दा फोनको डाटा ब्याकअप ब्याकग्राउन्डमा चलिरहन्छ । फोटो र भिडियो आफैँ गुगल ड्राइभमा अप्लोड भइरहेका हुन्छन् । अटो सिंक बन्द गरिदिनुपर्छ । यसो गर्दा पनि फोनको गति बढ्छ ।

–एकछिन फोन चलाएपछि त्यसको क्यास मेमोरी बन्न थाल्छ । जसले फोनको स्टोरेजमा स्थान ओगट्छ । यसले गर्दा पनि स्मार्टफोन स्लो हुन्छ । क्यास मेमोरी क्लियर गरिरहनुपर्छ । त्यसका लागि फोनको सेटिङ्समा गई क्यास मेमोरी क्लियर गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.