भोलीदेखी सउलमा यस्तो नियम लागु हुँदै !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सियोल

सउल महानगरपालीका ले आज राजधानीमा १० वा सो भन्दा बढी ब्याक्तीको जमघटमा प्रतिबन्ध लगाउने घोषणा गरको छ।

सउल महानगरपालीका का अनुसार भोली शुक्रबार देखी अगस्ट ३० को मध्यरात सम्म लागु हुनेगरी यो नियम लागु गर्ने भएको हो।

पछिल्लो केहीदिन देखी एक्कासी दोस्रो चरणको कोरोना सङ्क्रमण ह्वात्तै बढेसंगै सउल महानगरपालीकाले सामाजिक दुरी कायम गर्नुपर्ने नियमलाई कडाईका साथ लागु गर्ने जनाएको छ।सडकमा र्याली लगायत अन्य जमघटलाई नगरपालीकाले पुर्ण रुपमा बन्धेज लगाउने घोषणा गरको छ।

उक्त नियमको बेवास्था तथा उल्लङ्घन गर्ने लाई ३० लाख कोरियन वोन (२५२६$) जरिवाना सहित सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम ऐेन अन्तर्गत कानुनी कारबाही गर्न सकिने नियममा उल्लेख छ।

गत शनिबार सउलमा रास्ट्रपति मुन विरुद्दको आन्दोलनमा हजारौँ बृद्द सहभागी भएको कारण कोरियामा कोरोना सङ्क्रमण बढेको भन्दै यस्ता गतिबिधी सन्चालन गर्ने चर्च पादरीहरुलाई कानुन अनुसारको कारबाही प्रकृया अगाडी बढाईएको छ।राजधानी सउलमा यस्ता कृयाकलाप बढेसंगै यस्तो नियम ल्याएको नगरपालीकाले जनाएको छ।

सउल क्षेत्रका चर्चहरुमा विगत एकहप्ता अगाडीदेखी ६३७ जना कोरोना पोजेटिभ देखिएका छन।गत हप्ताकोसरकार विरोधी आन्दोलनमा सहभागी १८ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएसंगै सउलमा उच्च शतर्कता अपनाईएको छ।

दक्षिण कोरियामा कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो,उच्च शतर्कता अपनाउन आग्रह !

कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित २८८ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १६,३४६ पुग्यो।

पछिल्लो २४ घन्टा यता १ जनाको मृत्यु भएको छ।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०७ जनाको मृ’ त्यु !

आज ५७ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,०६३ जना।

दक्षिण कोरियामा आज २८८ जना कोरोना संक्रमित फेला परेका छन् ।

सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।

आज दक्षिण कोरियामा २८८ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये २७६ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।

यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १६,३४६ पुगेको छ । विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या १२ रहेको छ।संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।

उक्त व्यवस्था अनुसार ५० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १०० भन्दा बढी भेला हुन पाउने छैनन् ।

हाल राजधानी सोल सहित छङ्जु , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले दिएको जानकारी अनुसार शुक्रवार पाइएका संक्रमितहरु मध्ये धेरैजस चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ ।

आजसम्म दक्षिण कोरियामा कोरोनाकै कारणले ज्यान गुमाउनेको सङ्ख्या ३०७ पुगेको छ।आज ५७ जना सङ्क्रमण मुक्त भएसंगै कोरोना मुक्त हुनेको सङ्ख्या १४,०६३ पुगेको छ।

दक्षिण कोरियामा बिगत ३/४ दिन यता कोरोना सङ्क्रमण ह्वात्तै बढन थालेसंगै दक्षिण कोरिया सरकारले दोस्रो चरणको सामुहिक सङ्क्रमण लाई मध्यनजर गरेर पुन नयाँ सुरक्षात्मक निर्देशिका जारी गरेको छ।

हालसम्म कोरियामा करिब १७ लाख ३४ हजार ८३ जना को पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिएको छ।

Leave a Reply

Your email address will not be published.