सोल
दक्षिण कोरियामा एक साता नबित्दै १५ सय बढी नयाँ कोरोना संक्रमित थपिए पछि सरकार आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।
सोही क्रममा सरकारले दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा अवस्थित बुसान क्षेत्रका समुद्रि तटहरु बन्द गर्ने भएको छ ।
कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले बुसान क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र बुसानको घुण्डाई बीच लगायतका क्षेत्र आजबाट बन्द गर्न लागेको कोरियाली पत्रीका ‘ द कोरिया टाइम्स ‘ ले जनाएको छ ।
समुद्र तथा माछा उत्पादन हेर्ने मन्त्रालयले आज रातिबाट लागु हुने गरि बुसान क्षेत्रमा रहेका झुण्डाई लगायतका ७ वटा अन्य समुद्री किनाराहरु बन्द गर्ने जनाएको हो । यता भाईरसको संक्रमण बढे लगत्तै राजधानी सोलमा उच्च स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
कोरियाली पत्रीका ‘ द कोरियन हेराल्ड ‘ का अनुसार राजधानी सोल लगायतका क्षेत्रमा १० जना भन्दा बढी व्यक्तिहरुको भेलालाई पुर्ण रुपमा निषेध गरिएको छ ।
इञ्चोन क्षेत्रका समुद्री तटहरु बन्द गरिएको छ भन् दोश्रो श्रेणीको स्वास्थ्य सुरक्षा प्रणाली सुरु गरिएको छ । उक्त प्रणाली अनुसार १०० बढी मानिसको जमघट बन्द गरिएको छ भने मास्क तथा सामाजिक दुरी अनिवार्य गरिएको छ ।