‘बाभी’ नामक शक्तिशाली टाईफुन कोरिया तर्फ आउदै,उच्च शतर्कता अपनाउन आग्रह !

कोरिया समाचार

गुरुदत्त न्यौपाने / सियोल

ताईवानको पुर्वी तटबाट निस्केको ‘बाभी’ नामक शक्तिशाली टाईफुन दक्षिण कोरियातर्फ आउदै गरेको दक्षिण कोरियाली मौषम एजेन्सीले बताएको छ।

२८ किलोमिटर प्रतिघन्टाको गतिमा ताईवानबाट कोरियाको उत्तरपश्चिम दिशातर्फ लागिरहेको यो सिजनको आठौँ शक्तिशाली ट्रपिकल तुफान बिहिबार सम्म कोरियाको दक्षिणी भुभाग जेजुदो आईपुग्ने अनुमान गरिएको छ।

तुफान ‘बाभी’ का कारण कोरियाली प्रान्तमा भारी बर्षा सहित पहिरो जानसक्ने आँकलन गरिएको कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशन युनिटले जनाएको छ।

कोरियासम्म आईपुग्दा यसको गति बढने भएकोले बिशेषगरी छेजुदो क्षेत्रमा अत्यधिक शक्तिशाली हावाहुरी सहित भारी बर्षा हुने अनुमान रहेको छ।बुधबार देखी यसको प्रभाव देशैभरी पर्ने केएमसिले जनाएको छ।

यधपी यसको प्रभाव के कति पर्ने भन्ने अनुमान अझै लगाउन सकिएको छैन,टाईफुनले बाटो परिवर्तन गर्ने तथा यसको वेगमा कमी तथा अझ बढीहुन सक्ने भएकोले तुफान आउनुभन्दा अगावै उच्च शतर्कता अपनाउन आम मानिसलाई आग्रह गरेको छ।

स्मरण रहोस गत दुईहप्ता अगाडी कोरियामा भारी बर्षाको कारण कोरियाभरी बाढी तथा पहिरोको कारण धनजनको क्षती भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *