दक्षिण कोरियाली डक्टरहरुद्वारा आमहड्ताल,ड्रेस खोलेर सडकमा !

कोरिया समाचार

सोल

दक्षिण कोरियाली डक्टरहरुले आफूहरुले जारी राखेको देशब्यापी हड्ताल बन्द नगर्ने बताएका छन् ।

सरकारले ल्याएको स्वास्थ्य सेवा ऐनको बिरोधमा उत्रिएका उनीहरुले सरकारले आन्दोलन छाडेर बार्तामा बस्न गरेको सरकारी आग्रहलाई बेवास्ता गर्दै हड्ताललाई निरन्तरता दिने भएका छन् ।

सरकारले कोरोना कहर नसकिउञ्जेल उक्त ऐन कार्यान्वयन नगर्ने बताएता पनि उनीहरुले आन्दोलन रोकेका छैनन् । दक्षिण कोरियाली स्वास्थ्य मन्त्री पार्क नियोङ होले सरकार डक्टरहरुको मागमा बार्तामा बसी सहमति गर्न तयार रहेको बताउदै डक्टरहरुलाई काममा फर्किन अनुरोध गरेका छन् ।

उनले हाल फैलिरहेको कोरोना संक्रमणको स्थिति सहज हुने बित्तिकै बार्तामा बस्न सरकार तयार रहेको समेत बताएका छन् । यता दक्षिण कोरियाली डक्टरहरुले भने सरकारले गरेको बार्ताको आह्वान राजनितिक स्वार्थ सिद्धिका लागि मात्र भएको बताउदै आफ्नो हड्ताल अनिश्चित कालिन भएको समेत बताएका छन् ।

उनीहरुले आफ्ना मागहरुमा कुनै किसिमको लचकता नगरिने बताउदै सरकारले उक्त ऐन खारेज नगरे सम्म आन्दोलन नरोकिने समेत स्पष्ट पारेका छन ।

कोरोना संक्रमणको यो महामारी परिस्थितिको गाम्भिर्यतालाई नबुझ्ने डक्टरहरुलाई बार्तामाखबस्न गरेको आह्वानलाई अटेर गरि आन्दोलनलाई निरन्तरता दिईएको पाइएमा संक्रमण रोग नियन्त्रण ऐन अन्तरगत कारबाही गरिने सरकारी अधिकारीहरुले बताएका छन् ।

उक्त नियम अनुसार ती डक्टरहरुको लाइसेन्स खारेजी देखि लिएर ३ बर्ष सम्मको जेल सजाय सम्म गर्न सकिने सरकारी अधिकारीले बताएका छन् ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *