गुरुदत्त न्यौपाने /सोल
कोरियामा कोरोना भाईरस बाट आज सङ्क्रमित २६६ जना सङ्गै जम्मा सङ्क्रमितको सङ्ख्या १७,६६५ पुग्यो।
पछिल्लो २४ घन्टा यता कसैको पनि मृत्यु भएको छैन।अहिले सम्म कोरोनाको कारण कोरियामा ३०९ जनाको मृ’ त्यु !
आज १९ जना सङ्क्रमित पुर्ण निको भएर डिस्जार्च भएसंगै जम्मा निको हुनेको सङ्ख्या १४,२१९ जना।
दक्षिण कोरियामा पनि कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्याङ्क हेर्ने हो भने दक्षिण कोरियामा दैनिक तिन सयभन्दा बढी संक्रमितहरु फेला परिरहेका छन् । शनिबार दक्षिण कोरियाको राजधानी सोलमा मात्रै ३३२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आईतबार गरिएको स्वास्थ्य परीक्षणमा ३ सय ९७ नयाँ संक्रमित फेला परेका थिय भने आज सोमबार २६६ जना सङ्क्रमित फेला परेका छन।
विशेषगरी राजधानी सोलमा रहेको एक चर्चबाट कोरोना भाइरसको संक्रमाण तीब्र फैलिएको बताइएको छ । सो चर्चमा धरै मानिसहरु भेला हुने भएकाले कोरोना भाइरसको महामारीले ठूलो रुप लिएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाका संचारमाध्यमहरुका अनुसार राजधानी सोल मात्रै धेरै मात्रामा कोरोनाले प्रभावित बनेको छ । त्यहाँका अन्य शहरहरु कोरोनाको ठूलो चपेटामा परेका छैनन् । बीबीसीका अनुसार संक्रमण पुष्टि भएका चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए ।
यसकारण दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणले झनै भयावह स्थिती सृजना गर्न सक्ने बिज्ञहरुले चेतावनी दिएका छन् । दक्षिण कोरियामा हालसम्म १७ हजार ६ सय ६५ संक्रमित भेटिएका छन् । ३ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १४ हजार २ सय १९ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
दक्षिण कोरिया सरकारले शनिबार देखिनै कुनैपनि स्थानमा धेरै संख्यामा भेला नहुन, रात्रीकालीन गतिविधिहरु नगर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरु बन्द गर्न लगाएको छ ।