सोल
दक्षिण कोरियाली मौसम विभागले शक्तिशाली समुद्री आँधी ‘ताईफून बाभी’ आफ्नो देश तर्फ आउदै गरेको भन्दै सबै नागरिकलाई सतर्क रहन निर्देशन दिएको छ ।
कोरियाली प्रायद्वीप तर्फ अगाडी बढ्दै गरेको उक्त आँधी बुधबार पश्चिमी समुद्र आइपुग्ने मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आकष्मिक पत्रकार सम्मेलन गर्दै हाल उक्त आँधी ताइवानको ताइपेई क्षेत्रबाट २० किमी प्रतिघण्टाको रफ्तारमा अगाडी बढी रहेकाले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।
ताइपेई कोरियाली प्रायद्वीपबाट २८० किमी उत्तर पूर्वी क्षेत्रमा पर्दछ।
उक्त समुद्री आँधीका कारण ८६ किमी प्रतिघण्टा सम्मको बायुवेग उत्पन्न भएको र बुधवार सम्ममा दक्षिण कोरियाको छेजु टापूसम्म आइपुग्ने विभागले जनाएको छ ।
आँधीसँगै ठूलो बर्षा र बाढीको सम्भावना रहेकाले सबैलाई सतर्क रहन समेत विभागले अनुरोध गरेको छ ।
बिहिबार बिहान सम्ममा राजधानी सोल र आसपासका क्षेत्रमा आइपुग्ने उक्त आँधीले विनाशकारी रुप लिन सक्ने भन्दै ती क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षा तयारी गर्न सम्बन्धित अधिकारीलाई समेत विभागले निर्देशन दिएको छ ।
आँधीका कारण छेजु क्षेत्रमा ३०० मिमिसम्म बर्षा हुन सक्ने तथा सोल र अन्य पहाडी क्षेत्रमा ५०० मिमि सम्म बर्षा हुन सक्ने भन्दै सचेत हुन सम्बन्धित सबै पक्षलाई दक्षिण कोरियाली मौसम विभागले अनुरोध समेत गरेको छ ।हटपाटी