कोरियामा कोरोना बढेपछि सेप्टेम्बर ११ सम्म विद्यालयहरु बन्द

कोरिया समाचार

सोल

दक्षिण कोरियाली शिक्षा मन्त्रालयले राजधानी सोल र आसपासका क्षेत्रमा रहेका विद्यालयहरु आगामी सेप्टेम्बर ११ सम्म बन्द गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण बढ्दै गएका कारण उक्त क्षेत्रका सम्पुर्ण शैक्षिक संस्थालाई दुर शिक्षा प्रणाली अन्तरगत जान समेत मन्त्रालयले निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालयका अनुसार राजधानी सोल, ख्यंगी तथा इन्छन प्रान्तका विद्यालय, किण्डरगार्डेन लगायतका सम्पूर्ण शैक्षिक संस्थाहरु आगामी सेप्टेम्बर ११ सम्म बन्द रहने छन् । मन्त्रालयको उक्त निर्देशनमा विश्वविद्यालय तहका कक्षाहरु भने बन्द नहुने समेत बताइएको छ ।

६० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरु, विषेश प्रकारका विद्यालयहरुको हकमा मन्त्रालयसँग समन्वय गर्न भनिएको छ । दक्षिण कोरियामा कोरोना संक्रमण दर अत्याधिक बढेकाले सरकारले उक्त निर्णय लिनु परेको मन्त्रालयले स्पष्ट पारेको छ ।

सरकारको उक्त निर्णयसँगै राजधानी सोलस, छोङ्जी, इञ्चोन लगायतका क्षेत्रमा रहेका २१०० बढी विद्यालयहरु बन्द गरिएको छ । उक्त क्षेत्रमा कार्यरत विद्यालयका ४६ जना शिक्षकहरुमा कोरोना संक्रमण पाइए पश्चात सरकारले विद्यालयलाई बैकल्पिक शिक्षण प्रविधिमा जान निर्देशन समेत दिएको छ ।

मे २० बाट विद्यालय सञ्चालन भए यता ३०७ जना विद्यार्थि तथा ७४ जना शिक्षकहरुमा कोरोना संक्रमण देखिए पश्चात विद्यार्थिहरुको कोरोना परीक्षणलाई तीव्रता दिईने समेत बताएको छ । सरकारले न्युनतम ४ लाख ७० हजार विद्यार्थीहरुको कोरोना परीक्षण गर्ने समेत उल्लेख गरेको छ ।हटपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *